मुलुकमा देखिएका समस्या सामाधान गर्न कांग्रस र एमाले विच सहमति : गृह मन्त्री लेखक

कञ्चनपुर-पछिल्लो समय मुलुकमा देखिएका समस्या सामाधान गर्न र आवश्यक्ता अनुसार संविधान संसोधन गरि नागरिकहरुलाई आवश्यक सेवा प्रवाह गर्न कांग्रेस र एमाले विच सहमति भएको गृह मन्त्री रमेश लेखकले वताउनु भएको छ ।
माननीय गृह मन्त्री रमेश लेखकले पछिल्लो समय मुलुकमा देखा परेको सरकारको अस्थिरता , राजनीतिक अस्थिरता , आम नेपाली नागरिकमा उत्पन्न भएको निरासा कम गर्न र आवश्यक्ता अनुसार संविधान संसोधन गरि नागरिकहरुलाई आवश्यक सेवा प्रवाह गर्न कांग्रेस र एमाले विच सहमति भएकोे वताउनु भएको छ । बुधवार महेन्द्रनगरमा नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मीत भवनको समुदघाटन गर्दै मन्त्री लेखकले कांग्रेस र एमाले विच भएको सहमतिले देश लाई निकास दिने भन्दै कसैलाई आशंका नगर्न समेत अनुरोध गर्नु भएको छ । यसै गरि उहाले भवन उदघाटन गर्दै भौतिक संरचना पुर्ण भए मात्रै प्रहरीले नागरिकलाई आवश्यक सेवा दिन सक्ने भन्दै हाल नवनिर्मीत प्रदेश प्रहरी कार्यालयको भवन बाट नागरिकले आवश्यक सेवा पाउने समेत विश्वास समेत व्यक्त गर्नु भयो ।

यसै गरि कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक वषन्त वहादुर कुवरले आवश्यक साधन श्रोत जनशक्ती र उच्च प्रविधि र मनोवलका साथ काम गर्ने वातावरण नपाए सम्म गतिसिल समाजमा शान्ति सुरक्षा र अपराधका नविनतम चुनौतीहरुलाई समाधान गर्न सक्षम हुन नसकीने वताउनु भयो ।

गृह मन्त्री रमेश लेखकले मु अ कर सहित रु १३, २७, २७, ४९ मा निर्मित नेपाल प्रहरीको नव निर्मित प्रदेश कार्यालयको समुदघाटन गर्नुका साथै ईलाका प्रहरी कार्यालय दोधारा चादनीको नवनिर्मित भवन, विपि स्मृति भवन दोधारा चादनीको भवन उदघाटन संगै दोधारा चादनीको बाढी ग्रस्त क्षेत्रको समेत अवलोकन गर्नु भएको छ । उक्त नेपाल प्रहरीको नव निर्मित प्रदेश कार्यालय भवन बाट अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण, मानव श्रोत, साईवर शाखा , विधि विज्ञान शाखा, पोलिग्राफ शाखा लगायतका सेवाहरु सञ्चालन हुने योजना रहेको छ ।

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?