मुलुकमा देखिएका समस्या सामाधान गर्न कांग्रस र एमाले विच सहमति : गृह मन्त्री लेखक

कञ्चनपुर-पछिल्लो समय मुलुकमा देखिएका समस्या सामाधान गर्न र आवश्यक्ता अनुसार संविधान संसोधन गरि नागरिकहरुलाई आवश्यक सेवा प्रवाह गर्न कांग्रेस र एमाले विच सहमति भएको गृह मन्त्री रमेश लेखकले वताउनु भएको छ ।
माननीय गृह मन्त्री रमेश लेखकले पछिल्लो समय मुलुकमा देखा परेको सरकारको अस्थिरता , राजनीतिक अस्थिरता , आम नेपाली नागरिकमा उत्पन्न भएको निरासा कम गर्न र आवश्यक्ता अनुसार संविधान संसोधन गरि नागरिकहरुलाई आवश्यक सेवा प्रवाह गर्न कांग्रेस र एमाले विच सहमति भएकोे वताउनु भएको छ । बुधवार महेन्द्रनगरमा नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मीत भवनको समुदघाटन गर्दै मन्त्री लेखकले कांग्रेस र एमाले विच भएको सहमतिले देश लाई निकास दिने भन्दै कसैलाई आशंका नगर्न समेत अनुरोध गर्नु भएको छ । यसै गरि उहाले भवन उदघाटन गर्दै भौतिक संरचना पुर्ण भए मात्रै प्रहरीले नागरिकलाई आवश्यक सेवा दिन सक्ने भन्दै हाल नवनिर्मीत प्रदेश प्रहरी कार्यालयको भवन बाट नागरिकले आवश्यक सेवा पाउने समेत विश्वास समेत व्यक्त गर्नु भयो ।

यसै गरि कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक वषन्त वहादुर कुवरले आवश्यक साधन श्रोत जनशक्ती र उच्च प्रविधि र मनोवलका साथ काम गर्ने वातावरण नपाए सम्म गतिसिल समाजमा शान्ति सुरक्षा र अपराधका नविनतम चुनौतीहरुलाई समाधान गर्न सक्षम हुन नसकीने वताउनु भयो ।

गृह मन्त्री रमेश लेखकले मु अ कर सहित रु १३, २७, २७, ४९ मा निर्मित नेपाल प्रहरीको नव निर्मित प्रदेश कार्यालयको समुदघाटन गर्नुका साथै ईलाका प्रहरी कार्यालय दोधारा चादनीको नवनिर्मित भवन, विपि स्मृति भवन दोधारा चादनीको भवन उदघाटन संगै दोधारा चादनीको बाढी ग्रस्त क्षेत्रको समेत अवलोकन गर्नु भएको छ । उक्त नेपाल प्रहरीको नव निर्मित प्रदेश कार्यालय भवन बाट अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण, मानव श्रोत, साईवर शाखा , विधि विज्ञान शाखा, पोलिग्राफ शाखा लगायतका सेवाहरु सञ्चालन हुने योजना रहेको छ ।

 

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?