भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी पछिल्लो समय नगरको विकास र सुशासनको पक्षमा खरो रूपमा उत्रिएका छन । सानै उमेरदेखि समाजसेवामा समर्पित उनी आफ्नो वडामा मात्र सीमित नभई समग्र नगरपालिकाभित्र हुने अनियमितता र ढिलासुस्तीविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन ।

नगरपालिकाको अति विकट मानिने खल्ला मुसेट्टी क्षेत्रमा सडक सञ्जाल विस्तार र विद्युतीकरणको माग गर्दै उनले निरन्तर सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन । लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि भइरहेका पहलमा पनि उनको सक्रिय सहभागिता रहेको छ भने विकास निर्माणका काममा हुने हरेक ढिलासुस्तीविरुद्ध उनी सधैँ अग्रपङ्क्तिमा रहेर नागरिकस्तरबाट दबाब सिर्जना समेत गर्दै आएका छन । राजनितीमा रहदा विभिन्न  समयमा भुमिगत जिवन समेत विताईसकेका उनी विकास निर्माण मात्र नभई, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचारविरुद्ध पनि अभियान चलाइरहेका छन ।

नगर विकास समितिको अतिक्रमणमा परेको जग्गा खाली गराउने अभियानमा होस् वा विभिन्न सामुदायिक वनहरूमा देखिएको आर्थिक अनियमितता, उनले सरोकारवाला निकायलाई प्रश्न गर्दै पारदर्शी छानबिनको माग गरिरहेका छन । नगरपालिकाभित्र हुने हरेक किसिमका बेथिति र भ्रष्टाचारविरुद्ध खरो रूपमा प्रस्तुत हुने भएकाले उनी स्थानीय युवा पुस्तामाझ लोकप्रिय बन्दै गएका छन ।

समाजप्रतिको निस्वार्थ समर्पण र भ्रष्टाचारप्रतिको शून्य सहनशीलताका कारण स्थानीय बासिन्दाले उनमा भावी नेतृत्वको सम्भावना देख्न थालेका छन । आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा उनलाई नेतृत्वमा ल्याउन सके भीमदत्त् नगरपालिकामा सुशासन र पारदर्शिता कायम गर्न महत्त्वपूर्ण योगदान पुग्न सक्ने अपेक्षा स्थानीयको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?