बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र

सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका बेला त्यसको प्रत्यक्ष असर कञ्चनपुरको महाकाली आयुर्वेदिक औषधालयमा समेत देखिन थालेको छ । बजेट अभावका कारण औषधालयमा आवश्यक आयुर्वेदिक औषधिको अभाव हुँदा उपचारका लागि पुग्ने सेवाग्राही प्रभावित भएका छन् ।

औषधालयमा दैनिकजसो आयुर्वेदिक उपचारका लागि सेवाग्राही पुग्ने गरे पनि आवश्यक औषधि पर्याप्त मात्रामा उपलब्ध नहुँदा समस्या भएको औषधालयका प्रमुख डा. सूर्य उपाध्यायले बताए । उनका अनुसार चिकित्सकीय परामर्शपछि निःशुल्क उपलब्ध हुनुपर्ने कतिपय औषधि औषधालयमै नहुँदा बिरामीलाई बाहिरबाट खरिद गर्नुपर्ने अवस्था आएको छ ।

‘औषधालयमा आउने बिरामीलाई चिकित्सकीय परामर्श दिने गरेका छौँ । तर आवश्यक औषधि उपलब्ध नहुँदा कतिपय औषधि बाहिरबाटै खरिद गर्नुपर्ने अवस्था छ,’ डा. उपाध्यायले भने ।

आयुर्वेदिक उपचारप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको अवस्थामा सरकारी औषधालयमै औषधिको अभाव हुन थालेपछि सेवाग्राही थप समस्यामा परेका छन् । विशेषगरी आर्थिक रूपमा कमजोर नागरिकले सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वा सहज रूपमा औषधि पाउने अपेक्षा गर्ने भए पनि औषधि अभावका कारण निजी क्षेत्रबाट औषधि किन्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

प्रदेश सरकारको बजेट अभावका कारण औषधि खरिद तथा आपूर्तिमा समेत असर परेको औषधालयले जनाएको छ । नियमित उपचारका लागि आउने सेवाग्राहीलाई परामर्शसँगै आवश्यक औषधि उपलब्ध गराउन नसक्दा सरकारी स्वास्थ्य सेवाको प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको छ ।

आयुर्वेदिक उपचार विस्तार र सेवाग्राहीको संख्या बढिरहेको अवस्थामा औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिएको छ । आर्थिक रूपमा कमजोर नागरिकका लागि सरकारी स्वास्थ्य संस्थामै औषधि अभाव हुनु थप चिन्ताको विषय बनेको छ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

रसुवा बाढीपीडितका लागि महेन्द्रनगरका फार्मेसी सञ्चालक दिपेन्द्र सिंह महराको १ लाख सहयोग

कञ्चनपुर ११ भाद्र रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?