भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह पाल भारतमा आयोजना हुने बृहत् नेपाली सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।

हिमालय युवा समिति र देशप्रेमी सांस्कृतिक रङ्गमञ्चको संयुक्त पहलमा हरितालिका तीज तथा गौरा पर्वको अवसर पारेर भारतका विभिन्न शहरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रममा लोकप्रिय तीज गायक खुमन अधिकारी को विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै, नेपाली भाषा, कला, संस्कृति र मौलिक परम्पराको प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई समेत कार्यक्रममा सम्मान गरिने बताइएको छ।

आयोजकका अनुसार महोत्सव सेप्टेम्बर १३ मा चेन्नई र सेप्टेम्बर १४ मा बैङ्गलोरमा सञ्चालन हुनेछ। प्रवासमा रहेका नेपाली समुदायलाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

घुसुडी महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्दै सांस्कृतिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका करन सिंह पालको प्रमुख अतिथिका रूपमा सहभागिताले नेपाल र प्रवासी नेपाली समुदायबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?