उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन 

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले सुदूरपश्चिम विश्वविद्यालयमा खुला भिडियो प्रतियोगिता सम्पन्न भएको छ।

युरोपेली संघको इरास्मस प्लस (Erasmus+) कार्यक्रमअन्तर्गत सञ्चालित म्याजेन्डा (MAGENDA–Mainstreaming Gender Equality in Academia) परियोजना अन्तर्गत आयोजित प्रतियोगितामा विश्वविद्यालय तथा कञ्चनपुरका विभिन्न कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतियोगिताको उद्देश्य उच्च शिक्षामा विद्यमान लैङ्गिक असमानता, विभेद तथा रूढिवादी सोचविरुद्ध सिर्जनात्मक माध्यममार्फत जनचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले लैङ्गिक समानता केवल नीतिमा सीमित नभई व्यवहारमा पनि लागू हुनुपर्ने, महिला, पुरुष तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति समान अवसर र सम्मान सुनिश्चित गर्नुपर्ने विषयलाई भिडियोमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए।

सहभागीहरूले अझै पनि समाज तथा उच्च शिक्षाका विभिन्न क्षेत्रमा छोरा–छोरीबीचको विभेद, अवसरको असमान पहुँच तथा लैङ्गिक पूर्वाग्रह कायम रहेको उल्लेख गर्दै यस्ता सिर्जनात्मक भिडियोले समाजमा सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा म्याजेन्डा परियोजनाका विश्वविद्यालय संयोजक डा. गम्भीर चन्दले प्रतियोगितामा प्रस्तुत भएका १२ वटै भिडियो गुणस्तरीय र सशक्त सन्देश बोकेका रहेको बताए। उनले अंकका आधारमा विजेता छनोट गर्नुपरे पनि सबै भिडियोले लैङ्गिक समानताका पक्षमा प्रभावकारी सन्देश दिएको उल्लेख गर्दै यस्ता सामग्रीलाई व्यापक रूपमा प्रचार–प्रसार गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय तथा कञ्चनपुरका विभिन्न कलेजका १२ समूहका करिब ६० जना विद्यार्थी सहभागी भएका थिए। प्रस्तुत भिडियोहरूको मूल्याङ्कनपछि उत्कृष्ट तीन समूहलाई क्रमशः ८ हजार, ७ हजार र ६ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले उच्च शिक्षामा लैङ्गिक समानताको अवधारणालाई संस्थागत गर्दै विद्यार्थीमा सिर्जनशीलता, सामाजिक उत्तरदायित्व र समानताको संस्कार विकास गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

ताजा खबर

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

भम्केनी धाममा श्रावणी मेला र चातुर्मासिक महापुराणमा श्रद्धालुको उल्लेख्य सहभागिता

कञ्चनपुर, ११ साउन  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक स्थल...

विपद् पूर्वबजार लेखाजोखा सम्बन्धी दुईदिने पालिका स्तरीय छलफल सम्पन्न

कञ्चनपुर, ११ साउन  विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी,...

पवनदूत यातायातद्वारा महेन्द्रनगर–काठमाडौं सुविधासम्पन्न ‘राजगद्दी’ बस सेवा सञ्चालन

कञ्चनपुर, १० साउन  पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?