श्रावण १५ मा गणेश सामुदायिक वनमा वृक्षारोपण, धार्मिक तथा दुर्लभ प्रजातिका १५ प्रकारका बिरुवा रोपिए

कञ्चनपुर, १५ श्रावण।

श्रावण १५ (खिर खाने दिन) को अवसर पारेर कञ्चनपुरको वेदकोट नगरपालिका–स्थित गणेश सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा जैविक विविधताको संवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा धार्मिक तथा वन क्षेत्रमा दुर्लभ मानिने १५ प्रजातिका बिरुवा रोपिएका छन्।

गणेश सामुदायिक वनको ब्लक ‘बी’ अन्तर्गत ओझाखाली क्षेत्रमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि तथा सामुदायिक वनका अध्यक्ष किसन सिंह भण्डारी अध्यक्ष रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोहराले वातावरण संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहको योगदान प्रशंसनीय रहेको बताए। वन संरक्षणले पृथ्वीको प्राकृतिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले वनलाई संरक्षणसँगै व्यवस्थित रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले चुरे क्षेत्रमा यस महिनाभर वृक्षारोपण अभियान सञ्चालन भइरहेको जानकारी दिँदै बिरुवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण अझ महत्वपूर्ण पक्ष भएको बताए। उनले सामुदायिक वनका खाली स्थानहरूमा वन क्षेत्रमा कम पाइने तथा महत्वपूर्ण प्रजातिका बिरुवा रोपिएको जानकारी पनि दिए।

सामुदायिक वनका अध्यक्ष किसन सिंह भण्डारीले धार्मिक दृष्टिले समेत महत्व राख्ने १५ प्रजातिका बिरुवा रोपिएको जानकारी दिँदै विभिन्न साझेदार निकायको सहयोगमा वनभित्र वन्यजन्तुका लागि पानी पोखरी निर्माण, वृक्षारोपण तथा संरक्षणका अन्य कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको बताए।

कार्यक्रममा चुरे संरक्षण अभियानका अध्यक्ष रविन्द्र कुँवर, विभिन्न सामुदायिक वनका अध्यक्ष, वन उपभोक्ता, स्थानीयवासी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले जलवायु परिवर्तनका चुनौती सामना गर्न वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिएका थिए। आयोजकले हरियाली संरक्षण र स्वच्छ वातावरण निर्माणका लागि यस्ता अभियानलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने जनाएको छ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?