पवनदूत यातायातद्वारा महेन्द्रनगर–काठमाडौं सुविधासम्पन्न ‘राजगद्दी’ बस सेवा सञ्चालन

कञ्चनपुर, १० साउन 

पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले कञ्चनपुरको महेन्द्रनगरदेखि काठमाडौंसम्मका यात्रुहरूलाई लक्षित गर्दै सुविधासम्पन्न ‘राजगद्दी’ बस सेवा सञ्चालनमा ल्याएको छ। यात्रुलाई सुरक्षित, सहज, भरपर्दो तथा आरामदायी यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले अत्याधुनिक सुविधा सहितको नयाँ बस सेवा सञ्चालनमा ल्याएको हो।

महेन्द्रनगर–काठमाडौं रुटमा सञ्चालन हुने उक्त बसमा आरामदायी सोफा सिट, सुविधायुक्त आन्तरिक संरचना तथा लामो दूरीको यात्रालाई सहज बनाउने विभिन्न आधुनिक सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यात्रुहरूको बढ्दो आवश्यकता र गुणस्तरीय यातायात सेवाको मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको व्यवस्थापनको भनाइ छ।

आइतबार महेन्द्रनगर बसपार्कमा आयोजित एक कार्यक्रमका बीच यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष डम्मर पन्तले बस सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै उपाध्यक्ष पन्तले सुदूरपश्चिमबाट सुरु भएको यातायात सेवा अहिले देशका विभिन्न स्थान तथा भारतसम्म विस्तार भएको उल्लेख गर्दै वर्तमान अवस्थामा यातायात क्षेत्र गम्भीर चुनौतीबाट गुज्रिरहेको बताए।

उनले अस्वस्थ प्रतिस्पर्धाका कारण यातायात व्यवसायी र मजदुर दुवै प्रभावित भएको भन्दै व्यवसायी–व्यवसायी वा मजदुर–मजदुरबीच प्रतिस्पर्धा र द्वन्द्वभन्दा पनि राज्यसँग आवश्यक नीतिगत सुधारका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

“यातायात क्षेत्र अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ। अस्वस्थ प्रतिस्पर्धाले व्यवसायी र मजदुर दुवै धराशायी हुने अवस्था सिर्जना गरेको छ। हाम्रो लडाइँ आपसमा होइन, राज्यसँग हुनुपर्छ। यातायात क्षेत्रको संरक्षण र व्यवस्थित सञ्चालनका लागि सबै पक्ष एकजुट हुन आवश्यक छ,” उनले भने।

उपाध्यक्ष पन्तले पवनदूत म्यानेजमेन्टले सञ्चालनमा ल्याएको महेन्द्रनगर–काठमाडौं सेवा यात्रुमैत्री, भरपर्दो, सुरक्षित र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै कम्पनीलाई सफलताको शुभकामना समेत दिए।

शुभारम्भ कार्यक्रममा यातायात व्यवसायी, चालक, सहचालक, मजदुर तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। बसपार्कबाट बाजागाजासहित रिबन काटेर नयाँ बस सेवाको शुभारम्भ गरिएको थियो।

पवनदूत यातायातले दैनिक रूपमा महेन्द्रनगरबाट काठमाडौंका लागि नियमित सेवा सञ्चालन गर्ने जनाएको छ। ४१ सिट क्षमताको सुविधासम्पन्न ‘राजगद्दी’ बसमा आरामदायी सोफा सिटसहित यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिइएको कम्पनीको दाबी छ।

सुदूरपश्चिमबाट राजधानीसम्मको लामो दूरीको यात्रालाई अझ सहज, सुरक्षित र गुणस्तरीय बनाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको यो सेवाले यात्रुहरूलाई थप विकल्प उपलब्ध गराउने विश्वास गरिएको छ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?