भिनपा–८ मा सडक किनार सरसफाइ अभियान, स्थानीयको सक्रिय सहभागिता

कञ्चनपुर, १० साउन

भीमदत्त नगरपालिका–८ मा स्थानीय समुदायको सक्रिय सहभागितामा सडक सरसफाइ अभियान सञ्चालन गरिएको छ। आईतवार प्रहरी चौकी जिमुवा, जागरुक महिला दिदीबहिनी समूह तथा स्थानीय बासिन्दाको संयुक्त पहलमा टनकपुर लिंक रोडदेखि त्रिभुवन मा वि सम्म जाने सडकको दुवैतर्फ रहेका झाडी, बुट्यान तथा आवागमनमा अवरोध पुर्‍याइरहेका हाँगाबिँगाको सरसफाइ गरिएको हो।

अभियानको उद्देश्य सडकलाई सफा, सुरक्षित र व्यवस्थित बनाउनुका साथै समुदायमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको सहभागीहरूले बताएका छन्। साथै भीमदत्त नगरपालिका–८ भित्र रहेका विभिन्न संघसंस्था, सामाजिक समूह तथा स्थानीयवासीलाई सार्वजनिक स्थलको संरक्षण र सरसफाइमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्ने लक्ष्य पनि अभियानले लिएको छ।

अभियानमा सहभागी स्थानीयवासी, प्रहरी, जागरुक महिला दिदीबहिनी समूह तथा सहयोग गर्ने सम्पूर्ण हातप्रति आयोजकहरूले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। यस्ता सामाजिक अभियान एकदिने कार्यक्रममै सीमित नभई निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिँदै प्रत्येक नागरिकले आफ्नै घर अगाडिको सडक तथा सडकको दायाँ–बायाँको क्षेत्र नियमित रूपमा सफा राख्ने बानी बसाल्नुपर्ने उनीहरूको भनाइ छ।

सफा सडक, हरियाली वातावरण र सुरक्षित समुदाय निर्माणका लागि प्रत्येक नागरिकको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सरसफाइलाई सामाजिक दायित्व र नागरिक कर्तव्यका रूपमा आत्मसात गर्न सबैमा आग्रह गरिएको छ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?