लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन
ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित वनाउन अटो रिक्साहरुमा नम्बरिङ सिस्टम लागु गरेको छ ।
ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित वनाउन अटो रिक्साहरुमा नम्बरिङ सिस्टम लागु गरेको हो । विहविारदेखि ट्राफिक प्रहरीले अटो रिक्सा चालकलाई पटक–पटक सवारी चालक अनुमति पत्र र ब्लुबुक जाँचको झन्झटबाट मुक्त गराउने उद्देश्यले नम्बरिङ अभियान सुरु गरेको हो । उक्त अभियानको अटो रिक्सा चालकहरुले समेत स्वागत गरेका छन । विना सवारी चालक अनुमति पत्र लापरवाहिका साथ अटो चलाउनेका कारण सबै अटोव्यवशायीहरुले दुख पाउने गरेको हुदा यसरि नम्बरिङ सिस्टम लागु भए पछी सवारी चालक अनुमति पत्र नभएका अटो चालकहरुले समेत अनुमति लिएर कानून सम्मत रुपमा सवारि चलाउन प्रेरण मिल्ने समेत अटो व्यवशायहिरुले अपेक्षा गरेका छन ।
यसै गरि ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरका प्रमुख प्रहरि निरिक्षक बालेन्द्र नाथले अटो रिक्सा चालकहरुले सवारी चालक अनुमति पत्र विना सवारी चलाउने गरेको भन्ने व्यापक जनगुनासो आएका कारण अनुमति नभएकाहरूलाई पनी अनुमति पत्र बनाउनको लागि उत्प्रेरित गर्ने उद्देश्यले अनुमति लिएर व्यवशाय गरिरहेका व्यवशायीहरुको अटोमा नम्वर राख्ने कार्य शुरु गरिएको वताउनु भयो । यसका साथै यात्रुहरुले समेत यो नम्वर देख्ने वित्तिकै यो अटो चालक संग सवारी चालक अनुमति पत्र छ र यसमा यात्रा गर्न सुरक्षित छ भनेर ढुक्क संग यात्रा गर्न सकुन भन्ने उद्देश्यले समेत अटोमा नम्वर राख्ने कार्य शुरु गरिएको वताउनु भयो ।
यस अभियानअन्तर्गत ट्राफिक प्रहरीले अटो चालकको सवारी चालक अनुमतिपत्र र ब्लुबुक हेरेर अटोमा पहिचान नम्बर राख्ने र वैधानिक कागजातसहित सवारी सञ्चालन गर्न चालकलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ । साथै, ट्राफिक जाँचलाई छिटो, सहज र पारदर्र्शी बनाउन यो व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

 

ताजा खबर

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?