भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण 

महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ।

कोइका  र अक्सफामको आर्थिक तथा प्राविधिक सहयोग तथा निड्स नेपालको आयोजनामा श्रावण २ देखि ४ गतेसम्म सञ्चालन भएको उक्त तालिममा भीमदत्त नगरपालिकाका १९ वटै वडाका ३० जना महिलाको सहभागिता रहेको थियो।

तालिमको उद्देश्य महिलाहरूमा वित्तीय साक्षरताको विकास गर्दै आम्दानी, खर्च, बचत तथा आर्थिक व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

तालिम प्रभावकारी रहेको बताउँदै सहभागीहरूले यसबाट दैनिक जीवनमा प्रत्यक्ष उपयोगी हुने व्यवहारिक ज्ञान हासिल गरेको प्रतिक्रिया दिएका छन्। विशेषगरी दुर्गम क्षेत्रका महिलालाई सहभागी गराइएकाले कम आम्दानीमा पनि खर्च व्यवस्थापन गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, नियमित बचत गर्ने तथा आयआर्जनका अवसर विस्तार गर्ने विषयमा महत्वपूर्ण ज्ञान प्राप्त भएको उनीहरूको भनाइ छ।

सहभागी प्रेमा धामीले तालिमबाट प्राप्त ज्ञानले आफ्नो आर्थिक व्यवहारलाई व्यवस्थित बनाउन प्रेरणा मिलेको बताइन्। त्यसैगरी अर्की सहभागी चन्द्रीका पालले वित्तीय योजना, बचत र आय वृद्धि सम्बन्धी सिकाइले आगामी दिनमा परिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा बोल्दै निड्स नेपालका उपाध्यक्ष तारा थापा धामीले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ महिला सशक्तीकरण परियोजनाअन्तर्गत यस्ता क्षमता विकासमूलक तालिम सञ्चालन गरिएको बताइन्। उनले वित्तीय साक्षरता भनेको आम्दानी, खर्च र बचतको उचित व्यवस्थापन गर्न सिकाउने व्यवहारिक शिक्षा भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सके महिलाको आर्थिक आत्मनिर्भरता र जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिन्।

भीमदत्त नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख मनोज भट्टको प्रमुख आतिथ्यतामा तिन दिने तालिमको समापन गरिएको थियो । समापन समारोहमा बोल्दै उनले वित्तीय रूपमा सचेत र सक्षम महिला नै समृद्ध परिवार तथा समाज निर्माणका आधार भएको उल्लेख गर्दै तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागी महिलाहरूलाई आग्रह गरे।

तीनदिने तालिममा प्रशिक्षक हेमराज भट्टले वित्तीय योजना, बजेट निर्माण, आम्दानी–खर्च व्यवस्थापन, बचतको महत्त्व, ऋणको सही उपयोग, उद्यमशीलता विकास तथा जिम्मेवार आर्थिक निर्णयसम्बन्धी विषयमा सहजीकरण गरेका थिए।

आयोजकका अनुसार यस्ता तालिमले महिलामा वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बनाउन, पारिवारिक आय व्यवस्थापन सुदृढ गर्न तथा समुदायमा आर्थिक सशक्तीकरणको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ताजा खबर

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?