कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार

कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी प्रहरी चौकीका लागि नयाँ भवन निर्माण कार्य सुरु भएको छ।

बुधबार आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरी र बेदकोट नगरपालिका–८ का वडाध्यक्ष महेशराज जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

वडाध्यक्ष जोशीको पहलमा २०८१ जेठ १५ गते गैलनदीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो। भवन अभावका कारण चौकीले स्थानीय स्वास्थ्य संस्थाको भवनबाट सेवा सञ्चालन गर्दै आएको थियो। अब संघीय सरकारको सहयोगमा आफ्नै भवन निर्माण सुरु भएपछि वडाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयका अनुसार अस्थायी प्रहरी चौकी स्थापना भएयता वडामा शान्ति सुरक्षाको अवस्था उल्लेख्य रूपमा सुधार भएको छ। बैजनाथ माध्यमिक विद्यालय गैलनदीका प्रधानाध्यापक पदम बोहराले प्रहरीको नियमित उपस्थितिका कारण विद्यालयका भवन तथा संरचना समेत सुरक्षित रहँदै आएको बताउनुभयो। स्थायी भवन निर्माण सम्पन्न भएपछि शान्ति सुरक्षा थप मजबुत हुनुका साथै लागुऔषध नियन्त्रण लगायतका सामाजिक समस्या न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक नेत्रमणि गिरीले शान्ति, सुरक्षा र अमनचयन मानव जीवनको पहिलो आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि समुदायको सक्रिय सहकार्य अपरिहार्य रहेको बताउनुभयो। समाजकै साथ र सहयोगका कारण प्रहरी चौकीको भवन निर्माण सुरु गर्न सम्भव भएको भन्दै उहाँले भवन गुणस्तरीय र दिगो रूपमा निर्माण गर्न सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले लागुऔषध दुव्र्यसन, मादक पदार्थको दुरुपयोग, घरेलु हिंसा लगायतका सामाजिक विकृतिविरुद्ध प्रहरीलाई समयमै सूचना उपलब्ध गराई सहयोग गर्न स्थानीयवासीसँग आग्रह समेत गर्नुभयो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष महेशराज जोशीले विकास निर्माणका धेरै काम भइरहे पनि सुरक्षित समाज निर्माण नै राज्यको पहिलो दायित्व भएको बताउनुभयो। समाज सुरक्षित भए मात्रै भौतिक पूर्वाधार विकासले सार्थकता पाउने उल्लेख गर्दै उहाँले प्रहरी चौकी भवन निर्माणका लागि बजेट व्यवस्थापनदेखि सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो।

करिब २ करोड ७४ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रहरी चौकी भवन १ करोड ९३ लाख ८२ हजार ३७८ रुपैयाँ ३२ पैसामा निर्माण गर्ने जिम्मा मस्टा निर्माण बेतालमाण्डौ जेभीले पाएको छ। सम्झौताअनुसार निर्माण कम्पनीले २०८४ असार ३१ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्नेछ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?