अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार

कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको सजायको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार भण्डारीलाई पक्राउ गरिएको हो। प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले भण्डारीविरुद्ध दर्ता भएको गालीगलौजसम्बन्धी मुद्दामा अदालतले यसअघि नै फैसला गरिसकेको जानकारी दिए।

अदालतको निर्णयअनुसार भण्डारीलाई एक महिना सात दिन कैद सजायका साथै जरिवानासमेत हुने आदेश भएको थियो। सोही आदेश कार्यान्वयन गर्न प्रहरीले उनलाई पक्राउ गरेको डीएसपी रावतले बताए।

प्रहरीले अदालतको आदेशअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। पक्राउसँगै भण्डारीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा प्रस्तुत गर्ने प्रक्रिया सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

ताजा खबर

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?