महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित खल्ला–मसेट्टी हुँदै दार्चुलासम्म जोड्ने महाकाली करिडोर निर्माणको कामका कारण स्थानीयवासीको आवतजावत जोखिमपूर्ण बनेको छ। निर्माण कम्पनीले सुरक्षित वैकल्पिक सडकको व्यवस्था नगरी महाकाली नदीको किनार हुँदै अस्थायी बाटो प्रयोग गर्न बाध्य पारेपछि सर्वसाधारणले दैनिक सास्ती खेपिरहेका छन्।

उक्त आयोजना २०८० वैशाखमा दिवा सनिदेव जेभी ले ठेक्का पाएको हो। कम्पनीका सञ्चालक देविदत्त भट्ट, जो निर्माण व्यवसायी संघ कञ्चनपुरका महासचिवसमेत हुन्। पटक–पटक म्याद थपिएपछि आयोजनाको हालको अन्तिम म्याद २०८३ भदौसम्म कायम गरिएको छ।

स्थानीय युवा दीपेन्द्र सिंह ऐरी का अनुसार निर्माणका क्रममा सुरक्षित वैकल्पिक सडक नबनाइएकाले सर्वसाधारण, विद्यार्थी तथा बिरामीको यात्रा अत्यन्त जोखिमपूर्ण बनेको छ। यसअघि स्थानीयको विरोधपछि केही समय सडक सञ्चालनमा आए पनि पुनः अवरोध भए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी उनले दिएका छन्।

सामाजिक सञ्जालमार्फत ऐरीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, जिल्ला विपद् व्यवस्थापन समिति तथा डिभिजन वन कार्यालयले करिडोर सञ्चालनमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन्। साथै सम्बन्धित निकायले सडक पुनः अवरुद्ध हुन नदिई सहज रूपमा सञ्चालन गराउन आग्रह गर्दै त्यसो नभए आन्दोलनलाई थप तीव्र बनाइने बताएका छन्।

आन्दोलनरत पक्षले चारबुँदे कार्यक्रमसमेत सार्वजनिक गरेको छ। कार्यक्रमअनुसार पत्रकार सम्मेलन, कालोपट्टी बाँधेर करिडोर क्षेत्रमा विरोध प्रदर्शन, करिडोरका साइट इन्जिनियर तथा साइट इन्चार्जका सवारीसाधन नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाउने तथा संघीय र प्रदेश सरकारका निर्वाचन क्षेत्र नं. ३ का जनप्रतिनिधि र महाकाली करिडोर योजना प्रमुखको तस्वीरसहित सडक प्रदर्शन गर्ने योजना रहेको छ। आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिइएको छ।

यसअघि पनि वैकल्पिक सडकको व्यवस्था नगरी निर्माण कार्य अघि बढाउँदा स्थानीय बासिन्दा, विद्यार्थी तथा बिरामीलाई ठूलो समस्या परेको भन्दै आन्दोलन भएको थियो। स्थानीयले निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउँदै वर्षायाममा समेत सुरक्षित र निर्बाध आवागमनको व्यवस्था गर्न सम्बन्धित निकायसँग निरन्तर माग गर्दै आएका छन्।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?