वेदकोट नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडभन्दा बढीको बजेट सार्वजनिक

कञ्चनपुर १० असार
कञ्चनपुरको वेदकोट नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३।८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३।८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । बुधबार वेदकोट नगरपालिकाले आफ्नो १९ औँ नगरसभा आयोजना गर्दै आगामी आथिृक वर्षका लागी १ अरव ३ करोड बढिको बजेट सावैजनकि गरेको हो । कार्यक्रममा सभाअध्यक्ष नगरप्मुख भोजराज बोहराले आगामी आर्थि वर्ष २०८३।८४का नति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको वताउनु भएको छ । यसै गरि फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना, पाविधिक शिक्षका लागी छात्रवृत्ति, विपद् व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार लगायतका कार्यक्म अघि सारेर समृद्ध, सुरक्षित र व्यवस्थित नगर निर्माण गरिने वताउनु भएको छ ।
यसै गरि नगरसभामा उपप्रमुख तुलसी जोशिले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि १ अर्ब ३ करोड ५६ लाख ३६ हजार ६७ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नु भएको छ । प्रस्तुत बजेटमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त, विशेष तथा समपूरक अनुदान, प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, आन्तरिक आय, सामाजिक सुरक्षा भत्ता तथा चालु आर्थिक वर्षको बचत रकम समावेश गरिएको छ ।
यसै गरि नगरसभाको अवसरमा उच्च शिक्षा सहयोग वितरण कार्यविधि २०८२ बमोजिम प्रोत्साहनका लागी विद्यावारिधी तथा एमविविएस अध्ययनरत ५ जना विद्यार्थीलाई प्रती व्यक्ती ५१ हजार प्रदान गरिएको छ भने उत्कृष्ट कर्मचारीहरुलाई समेत ५ हजार १ सय नगद सहित सम्मान गरिउको छ । नगरसभा द्धारा प्रस्तुत नीति तथा कार्यकम सहित बजेट बहुमतले पारित गरिएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?