भीमदत्त–१८ की निर्वाचित वडा सदस्य लागुऔषध सहित पक्राउ, थप अनुसन्धान जारी

कञ्चनपुर ७ असार 
भीमदत्त नगरपालिका वडा नम्बर १८ की निर्वाचित वडा सदस्य रुपा जैरु लागुऔषधसहित पक्राउ परेकी छन ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको टोलीले शनिबार दिउँसो करिब ३ बजे भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित साधारण स्कुल अगाडिबाट जैरुलाई पक्राउ गरेको हो । प्रारम्भिक जानकारी अनुसार उनको साथबाट ३० थान प्रतिवन्धित औषधी एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका जैरुको जाँच गर्दा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेकी जैरुमाथि लागुऔषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
फोटो क्याप्सन : ए आई

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?