खप्तड कृषि सहकारीद्वारा निर्मित दुग्ध संकलन केन्द्रको सार्वजनिक सुनुवाइ सम्पन्न

कञ्चनपुर ६ असार
खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र कञ्चनपुरको सहयोग्मा निमार्ण भएको दुग्ध संकलन केन्द्रको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

किसानहरुलाई आत्म निर्भर बनाउदै आएको कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १० मा रहेको खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र कञ्चनपुरको सहयोगमा निमार्ण भएको दुग्ध संकलन केन्द्रको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । शनिवार सहकारी का अध्यक्ष पुर्र्ण सिह साउदको अध्यक्षता तथा वडा नम्वर १० का वडाअध्यक्ष्य महेश वहादुर चन्दको प्रमुख आतिथ्यतामा करिव २६ लाखमा निर्मित दुग्ध संकलन केन्द्रको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी समेत रहेका भीमदत्त नगरपालिका वडा नम्वर १० का अध्यक्ष महेश वहादुर चन्दले यस सहकरीका अध्यक्ष आफै अहोरात्री खटिएर सहकारी मार्फत कृषि तथा पशुपालनलाई प्रवद्र्धन गर्न सफल रहेको भन्दै प्रसंसा समेत गर्नु भएको छ । साथै उहाले पद ठुलो कुरा नभएको हुदा व्यक्ती जुनसुकै पदमा वसेको भए पनी काम ठुलो कुरा हुने भन्दै सबैले कामलाइृ प्राथमिकता दिनुपर्ने समेत वताउनु भयो ।

यसै गरि कार्यक्रममा वोल्दै भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख विमला भाटले अहिलको अवस्थामा सहकारी सञ्चालन गर्न निकै कठिन भएको भन्दै यसका लागी दत्त चित्तभएर काम गर्नू पर्ने वताउनु भयो । साथै उहाले सहकारी मार्फत क्षणिक लाभ नहेरिकन भविष्यको पुस्तालाई समेत यस बाट कसरी लाभ पुग्न सकिन्छ भन्ने कुरा लाई प्राथमिकता दिनु पर्ने वताउदै यसकाल लागी नगरपालिका बाट हुने साथ सहयोगका लागी सहकार्य गरिने समेत वताउनु भयो ।

कार्यक्रमका वारे जानकारी दिदै खप्तड कृषि सहकारी संस्थाका अध्यक्ष पुर्ण सिह साउदले आज सम्म भाडाको जग्गामासहकारी मार्फत किसानहरको दुध संकलान भईरहेको वताउदै भेटेरिनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र कञ्चनपुर र सहकारीको सयुक्त लगानीमा दुग्ध संकलन केन्द्रको भवन निमार्या पश्चात दुध संकलन मात्रै नभई यस यसलाई औद्योगिक उत्पादन तर्फ लैजाने उद्देश्य रहेको वताउनु भएको छ । साथै उहाले यस सहकारी मार्फत बढी भन्दा बढी किसानहरुलाई आवद्ध गरेर उनीहरको आथिृक अवस्था सुधारका लागी पहल गर्ने समेत वताउनु भएको छ ।

हाल ४ सय ५० भन्दा बढि किसानहरुले प्रत्यक्ष रुपमा लाभ लिईरहेको यस खप्तड कृषि सहकारीका लागी भेटेरिनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र कञ्चनपुरको १९ लाख ५० हजार र सहकारीको ६ लाख ५० हजार गरि २६ लाख रुपैयामा दुग्ध संकलन केन्द्रको भवन निर्माण गरिएको हो ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?