ब्रह्मदेव–टुँडिखेल सडक र वडा सचिवको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

कञ्चनपुर २ असार

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ का स्थानीय बासिन्दाले आफ्ना विभिन्न माग तत्काल सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

वडावासीहरुले जारी गरेको संयुक्त प्रेस वक्तव्यमा भीमदत्त नगरपालिकाका १९ वडामध्ये वडा नम्बर ९ भौगोलिक दृष्टिकोणले सबैभन्दा ठूलो वडा भए पनि आधारभूत प्रशासनिक तथा पूर्वाधारका समस्याबाट नागरिकहरु प्रभावित भइरहेको उल्लेख गरिएको छ ।

वक्तव्यमा वडा कार्यालयमा स्थायी सचिव नहुँदा सामान्य प्रशासनिक कामका लागि समेत नागरिकले ३ देखि ४ दिनसम्म धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । साथै ब्रह्मदेव बजारदेखि टुँडिखेल–खल्ला–मझेडी हुँदै महाकालीतर्फ जाने सडक खण्ड अवरुद्ध रहँदा स्थानीयको दैनिक जनजीवन प्रभावित भएको भन्दै पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको आरोप लगाइएको छ ।

स्थानीयहरुले यी समस्याप्रति सम्बन्धित निकाय गम्भीर नभएको भन्दै ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएका छन् । तोकिएको समयभित्र माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी समेत दिइएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत वडा कार्यालयमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन, क्षेत्र नम्बर ३ का जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुको फोटोसहित सडक प्रदर्शन तथा वडा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको वक्तव्यमा उल्लेख छ ।

स्थानीय अगुवाहरु र विभिन्न व्यक्तिहरुको हस्ताक्षरसहित जारी गरिएको वक्तव्यमा आफूहरुको जायज माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी समेत दिइएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?