भीमदत्त–८ मा निःशुल्क आँखा शिविर, ४ सय ४४ जनाले लिए सेवा

कञ्चनपुर ३० जेठ
विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति कञ्चनपुरको आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा भीमदत्त नगरपालिका वडा नम्बर ८ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । स्थानीय नागरिकलाई सहज रूपमा आँखासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त एक दिने निशुल्क आँखा शिविर आयोजना गरिएको हो ।
शनिबार भीमदत्त नगरपालिका वडा नम्बर ८ स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा वडा क्षेत्रका ज्येष्ठ नागरिक, आर्थिक अवस्था कमजोर भएका परिवार, अपाङ्गता भएका व्यक्ति तथा आँखासम्बन्धी विभिन्न समस्या भोगिरहेका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वडा सचिव हरिप्रसाद मिश्रको पहल तथा वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको शिविरमा धनगढी नेत्रालयका विशेषज्ञ स्वास्थ्यकर्मीहरूले आँखाको परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेका थिए । शिविरमा सहभागी सेवाग्राहीहरूको दृष्टि परीक्षण, मोतिबिन्दु लगायत विभिन्न आँखासम्बन्धी रोगको पहिचान र आवश्यक परामर्श प्रदान गरिएको थियो ।

विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति कञ्चनपुरका अध्यक्ष गोरखबहादुर पुजारा ले ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकहरू स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहने अवस्था रहेकाले यस्ता शिविरले प्रत्यक्ष लाभ र्पुयाउने बताए । उनले शिविरमा निःशुल्क औषधि वितरण तथा आवश्यक परेकालाई निःशुल्क चस्मा उपलब्ध गराइनुका साथै शल्यकृया आवश्यक देखिएका बिरामीहरूलाई धनगढी नेत्रालयमा निःशुल्क शल्यकृया गरिनुका साथै ती बिरामीहरूको एकतर्फी यातायात खर्चको समेत व्यवस्था गरिने वताउनु भएको छ । शिविर बाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
शिविरबाट कुल ४ सय ४४ जना नागरिकले सेवा लिएका छन्। भने परीक्षणका क्रममा ५२ जना बिरामीलाई शल्यकृयाका लागी सिफारिस गरिएको छ भने ४८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ ।
शिविरमा सेवा लिन पुगेका स्थानीय ज्येष्ठ नागरिकहरूले यस्ता कार्यक्रमले आफूहरूलाई ठूलो राहत पुगेको बताउदै आँखाको समस्या भए पनि आर्थिक अभाव र अस्पताल टाढा भएका कारण परीक्षण गर्न नसकेको बताउँदै शिविरले घरआँगनमै विशेषज्ञ सेवा उपलब्ध गराएकोमा खुसी व्यक्त गरेका छन ।
आयोजकले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवासँग सम्बन्धित जनहितका कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त आँखा शिविरले स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै समयमै रोग पहिचान र उपचारमा समेत महत्वपूर्ण योगदान र्पुयाएको सहभागीहरूको भनाइ रहेको छ ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?