सासद महताद्वारा जनताका गुनासा समाधान गर्न टोलफ्री नम्वर सहित सचिवालय सञ्चालनमा

कञ्चनपुर २५बैशाख

प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले क्षेत्रका जनताका समस्या गुनासा सुन्दै समाधान गर्नका लागि सचिवालय संचालनमा ल्याएका छन । कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट निर्वाचित सासद महताले क्षेत्रका जनताका समस्या गुनासा सुन्दै समाधान गर्नका लागि सचिवालय संचालनमा ल्याएका हुन ।

शुक्रबारदेखि भीमदत्त नगरपालिका १८जानकी टोलमा सचिवालय संचालनमा ल्याएका छन ।
सासद महताले क्षेत्रका जनताका समस्या, गुनासा सुन्दै सम्बन्धीत निकाय मार्फत समाधानका लागि सचिवालय नै संचालनमा ल्याएको बताए ।

महताले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप कामकाज गर्नका लागि समेत सचिवालय मार्फत आएका गुनासा, समस्या सम्बन्धीत निकाय मार्फत टुङग्याउने बताए ।
‘सचिवालयमा लिखित, मौखिक समस्या सकलन गरिनेछन, ‘महताले भने, ‘सोही अनुरुप सचिवालय मार्फत आफुले पनि समस्या समाधानमा पहल गर्छु ।’

सचिवालयमा उपस्थिति हुन नसक्ने नागरिकहरुका लागि टोलफ्रि नम्बर १८१०५००२६०नम्बर समेत सार्वजनिक गरिएको छ ।
‘विभिन्न सरकारी कामकाजका लागि आउने पैशा नहुने तिर्न नसक्ने सेवाग्राहीका लागि हामीले निःशुल्क फोटोकपिको समेत व्यवस्था गरेका छौँ, ‘उनले भने, ‘नागरिककै सेवाका लागि खोलिएको सचिवालय निरन्तर जनताको सेवामा खटिनेछ ।’ राष्ट्रिय स्वतन्त्र पाटीबाट निर्वाचित सासद महताले बेदकोट, भीमदत्त, दोधाराचाँदनीका ३०वटै वडाहरुको एकीकृत दीगो विकास सम्बृद्धिका लागि अहोरात्र खटिने प्रण गरेका छन । सासद महताले वास्तविक सुकुमबासीको समस्या समाधानका लागि सरकारले पहल गर्ने विश्वास दिलाएका छन । उनले विपक्षी दलले सुकुमबासी बस्तीमा गएर रास्वपा सरकार बिरुद्ध अफबाह फैलाएको गुनासो पोखेका छन ।

सचिवालय उद्घाटनकै दिन बेदकोट ८ को डेलिगेशन : लालपुर्जा चाहियो
कञ्चनपुर क्षेत्र ३ का सासद महताले सचिवालय संचालन गरेकै दिन बेदकोट नगरपालिका ८नम्बर वडाले ज्ञापन पत्र बुझाएको छ ।

बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले छुट लालपुर्जा वितरणका लागि सासदलाई ज्ञापन पत्र बुझाएको बताए । यस अघि उक्त वडाले अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गरेको र भूमि आयोग विघटनसंगै रोकिएको थियो । बेदकोट ८को ज्ञापन पत्र बुझ्दै सासद महताले भूमि प्रशासन कार्यालय सहितका निकायमा पहल शुरु गरेका छन ।

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?