शुक्लाफाटा राष्टीय निकुञ्जको प्रवद्र्धनका लागि सुदूरपश्चिम स्तरीय ‘बारसिङ्गा ब्याडमिन्टन प्रतियोगिता २०८३’ सुरु

कञ्चनपुर १८ वैसाख
शुक्लाफाटा राष्टीय निकुञ्जको प्रवद्र्धनका लागि सुदूरपश्चिम स्तरीय बारसिङ्गा ब्याडमिन्टन प्रतियोगिता २०८३ कञ्चनपुरमा शुरु भएको छ ।
शुक्लाफाटा राष्टीय निकुञ्जको प्रवद्र्धनका लागि सुदूरपश्चिम स्तरीय बारसिङ्गा ब्याडमिन्टन प्रतियोगिता २०८३ कञ्चनपुरको महेन्द्रनगरमा शुरु भएको हो । पश्चिमपाटी मिडयाको आयोजनामा शुरु भएको तिन दिने प्रदेश स्तरिय बारसिङ्गा ब्याडमिन्टन प्रतियोगिताको शुक्रवार एक समारोहका विच कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायाधिस श्रीमान राजेन्द्र सिह भण्डारीले उदघाटन गर्नु भएको छ । तिन दिन सम्म सञ्चालन हुने उक्त प्रिितयोगिताको मुख्य उद्देश्य सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज को प्रचार–प्रसार र खेल पर्यटन मार्फत निकुञ्जभित्र पाइने विश्वकै सबैभन्दा ठूलो झुन्डका रूपमा चिनिने बारसिङ्गाको प्रवद्र्धन गर्ने रहेको ‘बारसिङ्गा ब्याडमिन्टन प्रतियोगिता मूल आयोजक समितीका संयोजक शेर वहादुर सिहले वताउनु भयो । साथै उहाले प्रतियोगितामा सुदूरपश्चिमका सबै जिल्लाबाट कुल ८५ वटा टिम रहेको वताउदै प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने समेत वताउनु भयो ।
यसै गरि बि लेवल तर्फ प्रगम हुने टीमलाई ४४ हजार ४४४ नगद सहित ट्रफी मेडल प्रमाणपत्र र ४५ वर्षभन्दा माथिका भेट्रानतर्फ विजेता टिमलाइ १५ हजार ५५५ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?