कञ्चनपुरमा महिला सशक्तिकरण कार्यक्रमको प्रगति समीक्षा सम्पन्न

कञ्चनपुर १२ वैसाख
निड्स नेपालद्वारा सञ्चालित महिला सशक्तिकरण कार्यक्रमको प्रगति समिक्षा वैठक कञ्चनपुरमा सम्पन्न भएको छ ।
निड्स नेपालद्वारा सञ्चालित महिला सशक्तिकरण कार्यक्रमको प्रगति समिक्षा वैठक कञ्चनपुरमा सम्पन्न भएको हो । कोईकाको आर्थिक सहयोग तथा अक्सफाम नेपालको प्राविधिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित इम्पावरिङ हर अर्थात महिला सशक्तिकरण कार्यक्रम बाट प्राप्त उपलव्धिहरुको समिक्षा आगामी दिनहरुमा कार्यक्रमलाइृ अझै प्रभावकारी कसरि वनाउन सकिन्छ र लाभग्राहिहरुलाई गुणस्तरिय सेवा कसरी दिन सकिन्छ भन्ने उद्देष्यले शनिवार कार्यक्रम आयोजना गरिएको हो । महिला सशक्तिकरण कार्यक्रम सञ्चालनमा रहेको भीमदत्त नगरपालिकाका वडाअध्यक्षहरुले यस कार्यक्रम बाट विपन्न समुदायका महिलाहरुमा ठुलो परिवर्तन भएको भन्दै खुशि व्यक्त गर्नु भएको छ । यस कार्यक्रमको प्रभावले समाजमा वोल्न नसक्ने महिलाहरु पनी आफ्नो समस्या उठान गर्न सक्ने अवस्थामा आएको र उनीहरुको आर्थिक अवस्थामा समेत सुधारोन्मुख रहेको समेत सहभागि वडाअध्यक्षहरुले वताएका छन ।
कार्यक्रममा आफ्नो भनाई राख्दै भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले आफुले यस कार्यक्रमको स्थलगत अनुगमन समेत गरेको वताउदै कार्यक्र एकदमै उपलव्धि मुलक रहहेको वताउनु भयो । साथै उहाले यस कार्यक्रममा फाईदा मात्रै नभनेर यसका कमी कमजोरी छन भने ति पनि औल्याएर सुधार गर्दै जानुपर्नेमा समेत जोड दिनु भएको छ ।
महिला सशक्तिकरण कार्यक्रमको प्रगति समिक्षा वैठक आयोजना गर्नुको उद्देश्य वारे जानकारी दिदै कार्यक्रमका सयोजक नविन भट्टले यस कार्यक्रमको अनुगमन गर्दै बिच बिचमा सरोकारवालाहरूसँग सल्लाह सुझाव माग्नुपर्ने उद्देश्यले भीमदत्त नगरपालिकाको सम्पुर्ण वडाका प्रतिनिधिहरूसँग बसेर प्रगतिको समीक्षा गर्न कार्यक्रम आयोजना गरेको वताउनु भएको छ । साथै उहाले आगामी दिनमा सरोकारवालाहरूको सल्लाह र सुझावका आधारमा कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजाने समेत वताउनु भएको छ ।
निड्स नेपाल निड्स नेपालकाका उपाध्यक्ष तारादेवी थापाधामीको अध्यक्ष्तामा आयोजित उक्त कार्यक्रममा निड्स नेपालका प्मुख कार्यकारी अधिकृत भीमदत्त नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख कुन्ती लेखक, नगरपालिका सम्पर्क व्यक्ती मनोज भट्ट लगायत १९ वटै वडाका वडाअध्यक्षहरु सहभागि रहेका थिए भने यस महिला सशक्तिकरण कार्यक्रमबाट नगरपालिकाका १९ वटै वडाका पाच सय बढि लक्षित वर्गका महलिाहर लाभान्वित भएको जानकारी दिईएको थियो ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?