घुसुडी महोत्सवमा आजसम्मकै सबैभन्दा धेरै दर्शकको उपस्थिति

अमित ठाकुर 

कञ्चनपुर ०३ माघ ।

कञ्चनपुरकाे महेन्द्रनगर खुल्ला मञ्चमा सञ्चालन भइरहेको सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव (घुसुडी महोत्सव) २०८२ ले दिन प्रतिदिन दर्शकको अपार माया पाइरहेको छ । गत पौष २९ गतेदेखि सुरु भएको महोत्सवको पाँचौँ दिन आजसम्मकै सबैभन्दा धेरै दर्शकको उपस्थिति देखिएको छ ।

मंगलबार विधिवत् रूपमा उद्घाटन भएको महोत्सवको पाँचौँ दिन शनिबार परेकाले तथा चर्चित मोडेल तथा कलाकार पल शाहको आगमनका कारण दर्शकको भीड आयोजकको अपेक्षाभन्दा कैयौँ गुणा बढी भएको थियो । दर्शकको अत्यधिक चापका कारण केही समय टिकट वितरणमा समस्या आउँदा कतिपय दर्शक टिकट नपाएर आधा बाटोबाटै फर्किन बाध्य भए । भीड व्यवस्थापनमा कठिनाइ आएपछि केही दर्शकले घेराबार तोडेर भित्र प्रवेश गरेको दृश्य समेत देखिएको थियो, जसले महोत्सवप्रतिको जनआकर्षणलाई प्रस्ट पारेको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिमका सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले गर्नुभएको हो ।

भीमदत्त नगर उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघ सुदूरपश्चिमको संयुक्त आयोजनामा सञ्चालनमा आएको यस महोत्सव १३ दिनसम्म चल्नेछ । महोत्सवमा देशभरका ख्यातिप्राप्त कलाकारहरूका साथै स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै, विभिन्न जिल्लाबाट आएका व्यापारीहरूले स्थानीय उत्पादनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सामग्रीको प्रदर्शनी तथा बिक्री गरिरहेका छन् ।

थारु गाउँ, बाल उद्यान, कृषि प्रदर्शनी, खानाका परिकार र मनोरञ्जनात्मक स्टलहरू महोत्सवका मुख्य आकर्षण बनेका छन् । यी आकर्षणले दर्शकलाई भरपूर मनोरञ्जन दिएको आयोजक टिमको भनाइ छ ।

भीमदत्त नगर उद्योग वाणिज्य संघका अध्यक्ष सौभाग्य विक्रम थापाको सभापतित्वमा सञ्चालन भइरहेको महोत्सवले सुदूरपश्चिमको पहिचान, उत्पादन र संस्कृतिलाई एकै थलोमा उजागर गर्न सफल भएको भन्दै दर्शकले यसलाई ‘मिठो, व्यवस्थित र आकर्षक महोत्सव’को संज्ञा दिएका छन् ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?