बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ बहुउद्देश्यीय सहकारी संस्था मार्फत सञ्चालन गरिएको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रमपछि किसानहरू आलु खेतीतर्फ आकर्षित भएका छन् ।

बेलडाँडी गाउँपालिकामा कृषि ज्ञान केन्द्र कञ्चनपुरको आर्थिक तथा प्राविधिक सहयोगमा सहकारी मार्फत आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको हो । स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत किसानहरूलाई गुणस्तरीय आलुको बीउ, मलखाद, आवश्यक कृषि औजार तथा ढुवानीका साधनमा अनुदान उपलब्ध गराइएको छ ।
कार्यक्रममा सहभागी किसान कलावती देवी जोशीले आलु खेतीबाट राम्रो आम्दानीको आशा बढेको बताउनुभयो । आलु किसान जोशीले पहिले परम्परागत खेती मात्रै गर्दै आएको र अहिले सहकारी मार्फत कृषि ज्ञान केन्द्रको सहयोग पाएपछि आलु खेतीतर्फ ढुक्क भएर लागेको वताउनु भएको छ । साथै उहाले बीउ, मल र औजारमा सहयोग भएकाले लागत घटेको र उत्पादन राम्रो हुने अपेक्षा गरेको समेत वताउनु भएको छ ।

कृषि ज्ञान केन्द्रको सहयोगपछि पहिलो पटक साढे तीन विगाहा जमिन भाडामा लिएर आलु खेती सुरु गरेका किसान शंकर भट्टले तोरी खेतीको सट्टा आलु खेती रोजेको बताउनुभयो ।उहाले पहिलो पटक यति ठूलो क्षेत्रफलमा आलु खेती सुरु गरेको वताउदै प्राविधिक सहयोग र अनुदानका कारण जोखिम कम भएको हुदा उत्पादन राम्रो भयो भने आगामी वर्षदेखि अझै क्षेत्रफल बढाउने सोच रहेको समेत वताउनु भएको छ ।

बुधवार आलु खेतीको अनुगमनका लागि बेलडाँडी पुगेका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरि प्रसाद पनेरुले स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत बेलडाँडीमा वृहत आलु पकेट कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल यस पालिकामा करिब १५ विगाहा क्षेत्रफलमा आलु खेती भइरहेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै बजार व्यवस्थापन, प्राविधिक सहजीकरण र उत्पादन वृद्धिमा थप ध्यान दिने प्रतिवद्धता जनाएको छ। कार्यक्रम प्रभावकारी बनेपछि बेलडाँडी क्षेत्रमा व्यावसायिक आलु खेतीको सम्भावना समेत बढ्दै गएको स्थानीयको भनाइ छ ।

ताजा खबर

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?