गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष

सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माणको काम अघि बढाउने तयारी गरेको छ ।

सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माणको काम अघि बढाउने तयारी गरेको हो । बुधवार सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार , आन्तरिक मामिला मन्त्री संगै लिएर गड्डाचौकी पुगेका आर्थिक मामिला मन्त्री वहादुर सिह थापाले कैलालीको त्रिनगर भन्सार संगै कञ्चनपुरको गड्डाचौकीमा नाकालाई व्यवस्थि गर्ने ध्ययका साथ प्रदेश सरकारले यसै वर्ष भित्र एकिकृत चेक पोष्ट निर्माण गरिने वताउनु भएको हो । सिमानाका हुने समस्या देखेर प्रदेशमा छलफल गरेपश्चात बजेट विनियोजन गरेको हुदा अवको तिन चार महिना भित्रै काम सम्पन्न गर्ने उद्देश्य रहेको हुदा आज अनुगमनमा आएको समेत उहाले वताउनु भयो ।

यसै गरि अनुगमनमा आएका सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की सिमानाकमा आवत जावत गर्ने नागरिकलाई सहज वनाउने र समान चेकजाँच लाई समेत व्यवस्थीत गरिने वताउनु भएको छ । साथै उहाले घरायसी समान ल्याउनेहरुलाई सहज गरिने भए पनी व्यापारिक प्रयोजनलाई कडाई साथ लागु गरिने समेत वताउनु भएको छ ।

यसै गरि गड्डाचौकी नाकाको अनुगमनमा पुगेका भौतक पुर्वाधार विकास मन्त्री सुरेन्द्र पालले हामी संग गौरिफन्टा नाका र गड्डाचौकी नाका बाट आवत जावत गर्ने यात्रुहरुको यकीन तथ्यांक नभएको कारण र सामामा आवत जावत गर्ने नागरिकहरुले दुख पाउने गरेको गुनासो आउने गरेका कारण एकिकृत चेक पोष्ट निर्माण गरेर आवत जावतलाई सहज गर्ने तयारी गरिएको वताउनु भयो ।

एकिकृत चेक पोष्ट निर्माणको यस वर्ष सुदुरपश्चिम प्रदेश सरकारले रु पच्चिस लाख रकम विनियोजन गरेको भए पनी आवश्यक वजेट थप गरेर भए पनी काम अघि बढाउने तयारी गरेको छ भने प्रदेश सरकारको यो पहलले सुदूरपश्चिमका सीमावर्ती नाकाहरूलाई आधुनिक र व्यवस्थित बनाउँदै समग्र सीमा व्यवस्थापनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?