महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर

महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलाई स्वर्ण विन्दु खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ ।

महाकाली आयुर्वेद औषधालयल ६ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलाई स्वर्ण विन्दु खुवाउने कार्यक्रम आयोजना गर्ने भएको हो । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली आयुर्वेद औषधालयले यही मंसिर २२ गते स्वास्थ्य प्रवद्र्धनात्मक आयुर्वेद सेवा अन्तर्गत ६ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलाई स्वर्ण विन्दु प्राशन कार्यक्रममा सहभागि गराउन लागेको ओषधालयका प्रमुख डा सुर्य प्रसाद उपाध्यायले जानकारी दिनु भएको छ । साथै उहाले वालवालिकाहरको शारिीक मानसिक विकासका लागी स्वर्ण विन्दु खुवाईने र यसमा सबैले आआफ्ना वालवालिकाहरुलाई स्वर्ण विन्दु प्राशनमा सहभागि गराउन समेत अनुरोध गर्नु भएको छ ।

स्वर्ण विन्दु प्राशन आयुर्वेद शासत्रमा वर्णित चिकित्सा प्रणलि भएको हुदा पुस्य नक्ष्त्रको योग पारेर महिनाको एक दिन खुवाउने कार्यक्रम राखिएको समेत डा उपाध्यायले वताउनु भएको छ । साथै उहाले स्वर्ण विन्दु खुवाए पछि वालवालिकाहरुको रोग प्रतिरोधातमक क्षमता बढ्ने, पाचन प्रणाली वलियो हुने , स्मरण शक्ती बढ्ने समेत वताउनु भएको छ ।

महाकाली आयुवेर्दिक औषधालयले मंसिर २२ संगै आगामी पुष २१, माघ १८, फाल्गुन १७, वैशाख ११, जेठ ७ असार ४ र असार ३१ गते पुस्य नक्षत्रको अवशर पारेर स्वर्ण विन्दु खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ ।

ताजा खबर

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन...

एमाले ११औँ महाधिवेशन कञ्चनपुरमा चुनाव र सर्वसम्मतबाटै प्रतिनिधी छनौट

सन्तोष धानुक कञ्चनपुर, १४ मंसिर नेकपा एमालेको आउँदो २७ देखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?