नया भवन बाट सेवा प्रवाह हुदा सेवाग्राहिहरुलाई सहज

कञ्चनपुर १८ कार्तिक
नेपाल विद्युत प्राधिकरण मेहन्द्रनगर वितरण केन्द्रले नया भवन बाट सेवा सुचारु गरे पछि सेवाग्राहि हरुलाई सहज भएको छ ।
नेपाल विद्युत प्राधिकरण मेहन्द्रनगर वितरण केन्द्रले नया भवन बाट सेवा सुचारु गरे पछि सेवाग्राहि हरुलाई सहज भएको हो । विगतमा पुरानो र जिर्ण भवन बाट सेवा प्रवाह हुदा गर्मिको मौषममा दिनभरि लाईन बस्दा समस्या हुदै आएको र खानेपनी तथा शौचालयको समेत उचित व्यवस्थापन नहुदा सेवाग्राहिहरुले सास्ति वेहर्नु परेको थियो ।  धेरै समय देखि प्राधिकरणको भवन निर्माणको मेहन्द्रनगर वितरण केन्द्रको भवन निर्माणको क्रममा रहेको भए पनी बजेट अभावमा पुरा हुन सकेको थिएन तर तत्कालीन नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिंगको कार्यकालमा अहिलेका मनोज सिलवाल र महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवको पहलमा बजेट व्यवस्थापन भए पश्चात नया भवन निर्माण सम्पन्नभए संगै सेवाग्राहि हरुलाई सहज भएको हो ।
विगतमा पुराना भवन बाट सेवा दिदा सेवाग्राहि हरुलाइ मात्रै नभई कर्मचारीहरुलाई समेत असहज हुदै आएको हुदा नया भवनलाई प्राथमिकतामा राखेर काम गर्दा अहिले सहज भएको नेपाल विद्युत प्राधिकरण मेहन्द्रनगर वितरण केन्द्र प्रमुख ई. चुटुन कुमार श्रीवास्तवले वताउनु भयो । साथै उहाले हाल सेवाग्राहि हरुको समस्यालाई मध्यनजर गर्दै अपांङ्खमैत्री भवन, वातानुकलित विल काउण्टर, खानेपानीको व्यवस्था, शौचालय सहित एक द्धार प्रणाली कार्यालय सञ्चालन पछि सेवाग्राहिहरु संगै कर्मचारीहरुलाई समेत सहज भएको वताउनु भएको छ ।
हाल करिव २ करोड ३५ लाखको लागतमा नेपाल विद्युत प्राधिकरण मेहन्द्रनगर वितरण केन्द्रले नया भवन निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?