पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी
कञ्चनपुर, ३० असोज ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च उपलब्ध गराईएको छ ।
गत फागुन–चैत्रमा जिल्लाका क्रियाशिल पत्रकारहरुले खेलेको होलीबाट संकलन भएको रकमबाट पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च उपलब्ध गराईएको होे ।


केही समयदेखि पत्रकार धामी काठमाण्डौँ स्थित केएमसी अस्पतालमा प्यान्क्र्रियाज ट्युमर रोग लागेर उपचारार्थ छन । क्रियाशिल पत्रकार कञ्चनपुरका अगुवा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव एव निर्वतमान पत्रकार महासंघ सचिव राजेन्द्र प्रशाद अवस्थीले सहकर्मी बिरामी हुँदा उनको शिघ्र स्वास्थ्य लाभको कामना सहित दुखमा साथ दिएको बताए । उनका अनुसार पत्रकार धामीकोे उपचारका लागि नगद ११ हजार रुपैया सहयोग गरिएको छ । सानै रकम भएपनि एक पटक औषधी खरिद गर्न र आफ्नो दुखतमा साथीहरु छन भनेर हौसला प्रदानका लागि समेत सहयोग गरेको अवस्थीले बताए ।
‘आफ्नै सहकर्मीलाई दुख पर्दा सक्दो सहयोग गर्ने हो, ‘यो हाम्रो कर्तव्य पनि हो, ‘उनले भने, ‘यस अघि पनि यस्तै होली खेलेर जम्मा भएको रकमबाट हामीले अन्य बिरामी पत्रकार साथीहरुलाई पनि रोगको प्रकृति अनुरुप उपचार खर्च उपलब्ध गराएका थियौँ ।’ अपिटुडे दैनिकका प्रकासक प्रेस चौतारी कञ्चनपुरका संस्थापन एव महासंघका अध्यक्ष धामीको जिल्लाका पत्रकारहरुले स्वास्थ्य लाभको कामना गर्दै सक्दो दुखतका बेला सहयोग गर्नुपर्नेमा जोडदिएका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?