देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा

धन सिंह धामी
कञ्चनपुर ०८ असोज ।
कञ्चनपुरको महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा आएको छ । भीमदत्त नगरपालिका महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा आएको हो ।


जिप्रका रोड क्षेत्रमा रहेको भृकुटी माध्यामिक विद्यालयको व्यवसायिक भवनमा देवताल एजुकेशन रिचर्स सेन्टर संचालनमा आएको जनाएको छ । देवताल एजुकेशन रिसर्च सेन्टरका सल्लाहकार बिक्रम चन्दले यस क्षेत्रका विद्यार्थी, स्वदेशमै रोजगारी गर्न चाहने युवा, युवतीहरुलाई लक्षित गरेर रिसर्च संचालनमा ल्याएको बताए । उनका अनुसार पढने प्रबल ईच्छा भएका विद्यार्थीलाई लोकसेवाका कक्षादेखिका विदेशमा पढन चाहनेलाई कक्षा संचालन गरिने बताए । ‘पढ्ने तथा स्वदेशमै रोजगारीका लागि भविष्य खोज्नेहरुलाई पनि हामीहरुले निःशुल्क कक्षा संचालन गछौँ, ‘उनले भने, ‘निजामती, शिक्षक, सुरक्षा निकाय, संस्थान सहितका कम्पनीका लागि समेत तयारी कक्षा संचालन गछौँ ।’

बुक बिक्र गरेर ५ प्रतिशत रकम अनाथालयमा पनि खर्च गरिनेछ । साथै एनआरएनले संचालन गरेको यूरो एसिया करियर एण्ड एजुकेशन फाउण्डेशन मार्फत समेत युरोपका देशहरुमा अध्ययन तथा रोजगारीका लागि पठाईनेछ । देवताल एजुकेशन रिसर्च सेन्टरका संचालक देव बहादुर पालले विद्यार्थीकोे स्वदेश तथा विदेशमा भविष्यका लागि रिसर्च सेन्टर संचालनमा ल्याएको बताउँदै आएका छन ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?