पवनदुत यातायातको महेन्द्रनगर–दिल्ली प्रदुषण रहित बस सेवा

कञ्चनपुर ०७ असोज ।
कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगर दिल्ली रुटमा यातायात सेवा स्तरबृद्धि गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा चल्ने सवारी साधन प्रदुषण रहित योजना ल्याएपछि त्यसै अनुरुप नेपाली यातायात कम्पनी पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले स्तरबृद्धि गरेको हो । सोमबारदेखि प्रदुषण रहित आधुनिक बस सेवा संचालन गरेको जनाएको छ । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेश बोहराले नेपाल भारतमैत्री बस सेवा अन्र्तरगत यस अघिदेखि संचालन हुँदै आएको बसको स्तरबृद्धि गरेको बताए । झण्डै १ करोड ३० लाख मुल्य पर्ने उक्त आधुनिक बस स्तरिय रहेको छ । अध्यक्ष बोहराका अनुसार दैनिक पवनदुतको एक बस छुट्दै आएको छ । उनले जाँचपास, ब्लुबुक, रुटपरमिट संस्थाले नै बेहोर्दै आएको बताए । सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव प्रशाद भट्टले दैनिक महेन्द्रनगर टु दिल्ली रात्रीकालिक बस सेवा नियमित भईरहेको बताए । कार्यालय प्रमुख भट्ट सहितका कर्मचारी, समितिका पदाधिकारी सदस्य सुरक्षित यात्राका लागि फिल्डमै खटिएका छन ।
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका बरिष्ठ उपाध्यक्ष देवीदत्त पन्तले बसको उद्घाटन गर्दै यात्रुलाई मिठाई वितरण गरेको सुरक्षित यात्राको कामना गरेका छन । स्तरिय बसमा यात्रा गर्न पाएपछि रोजगारी, अध्ययन, व्यवसायिक एव समाजिक कामका लागि दिल्ली जाने वा दिल्लीबाट महेन्द्रनगर आउने यात्रुलाई सुविधा भएको छ ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?