“जनताको अधिकारका लागि लडे, जनआन्दोलनमा गर्भपनि तुहियो, मेरो पुर्खाको सम्पत्तिमा मजदुरी गरेर बनाएकोे घरमा आगो झोसे” ः लेखक

कञ्चनपुर, ३ असोज

देशमा जेनजीको आन्दोलन चर्के सगैं कञ्चनपुरको भीमदत्त नगरपालिका उपमेयर निलम लेखकको घरमा पनि तोडफोड र आगजनि भएको थियो । यहि २४ भदौँ २४ का दिन भीमदत्त नगरपालिका १८ महेन्द्रनगर जानकी टोलमा उपमेयर लेखकको घरमा पनि तोडफोड, आगजनी लुटपाट गरेका थिए । काँग्रेस नेतृ लेखकले आफुनो पुर्खाको सम्पत्तीबाट खरिद गरेको जमिनमा मजदुरी गरेर घर बनाएको बताईन ।

‘यो जमिन र घर मैले उपमेयर भएर बनाएको होईन, यो त मेरो पहाडको जमिन बेचेर जेठाजु धनराज जोशी र मेरा श्रीमान राम प्रशाद जोशी अंशबण्ड गरेको जमिन हो, ‘उनले भनिन, ‘पछि हामी दुवै जना बुढाबुढीले फ्लोरिडा, अमिटी सहितका कलेज अन्य क्षेत्रमा विद्युत वाईरिङ्ग गरेर दुईकोटाकोे घर लगाए, त्यसपछि मेरो श्रीमान ०७४ सालमा नेपाल विद्युत प्राधिकरणमा प्राविधिक रुपमा जागिर लागेपछि घर बनाएका हौँ, कुनै भ्रष्टाचार गरेका पनि होईनौँ ।’

जेनजी आन्दोलनकारीका नाममा व्यक्तिगत राजनीतिक प्रतिशोध साँध्नका लागि मेरो घरमा आउँदै ढुङगा हाल्दै गृहमन्त्री रमेश लेखककी बहिनीको घर भन्दै चौथो पटक भित्र पसेको हुलले घरमा तहसनहस बनाईएको उनले बताईन ।

मैले गत बर्ष ३१ असार ०८१ मा दाजु रमेश लेखक गृहमन्त्री भएका बेला दुबोको माला बनाएर बधाई ज्ञापन गरेको थिए, त्यो माला सहितको फोटो एक जना महिला प्रहरीले खिचेकी रहेछिन, त्यही फोटो पछि उनले मलाई मेरो जन्मदिनमा गिफ्ट बनाएर दियो, संगै दाजुभाउजु र मसहितको फोटो पनि थियो । त्यही फोटो मेरो घरमा थियो, तत्तकालिन गृहमन्त्री कै बहिनीकोे घर हान यसलाई भन्दै फोटोपनि जलाईदिए, गृहमन्त्री रमेश लेखक मात्रै होईन,बिपि कोईराला, काँग्रेस सभापति शेर बहादुर देउवा, स्व। गिरीजाप्रशाद कोईराला सहितका सबै शिर्ष नेताहरुका फोटो थिए, ति पनि जलाईदिए । उनले घरभित्र पसेका आन्दोलनकारीले भएका सबै समान जलाउने, खाद्यान्न, कपडा, भाडाकुडा तोडफोड र आगजनी गरेको बताईन । ‘मैलै नखाईनलाई जोडेको गरगहना समेत लुटपाट समेत गरिदिएका छन, ‘उनले भने, ‘हामीपनि जनताको अधिकारका लागि थुप्रै आन्दोलनमा होमिए तर यस्तो हिन्सा, लुटपाट कहिल्यै देखिन ।’ लामो समयदेखि काँग्रेसी राजनीतिमा होमिएकी लेखक पहिलो पटक ०७९मा उपमेयर राजकीय पदमा पुगेकी थिईन ।

‘म पनि देश र जनताको अधिकारका लागि ०६२÷०६३को दोस्रो जनआन्दोलनमा होमिए, मेरो गर्भ नै तुहियो, प्रहरीले बन्दुकले कुटपिट गरेर गर्भ तुहाईदियो, ‘उनले भनिन, ‘यत्रो संघर्ष गरेर बनाएको घर सरसमान तोडफोड, लुटपाट, आगजनी पुरै प्रतिशोध मात्रै हो ।’

जेनजीले अघि सारेका माग जायज भएको बताउँदै, त्यही जेनजीको आन्दोलनमा आफुसंग व्यक्तिगत, राजनीतिक रिसिईबी राख्ने व्यक्ति समुहले उधुम मच्चाएको उनको दुखेसो छ । आज देश डुबिरहेका बेला हामीले फेरी उठेर जनताको सेवा गर्नुको विकल्प नभएको उपमेयर लेखकले बताईन ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?