
धन सिंह धामी
कञ्चनपुर, २६ भदौँ
भ्रष्टाचार र समाजिक सञ्जाल बिरुद्ध जेनजीका युवा विद्यार्थीको उग्र आन्दोलनले कञ्चनपुर मंगलबार जल्यो । काठमाण्डौँमा जेनजीका युवा विद्यार्थीले राजधानी९काठमाण्डौँ०मा गरेको आन्दोलनका क्रममा १९ विद्यार्थीको ज्यान गएको बिरोधमा भोलिपल्ट कञ्चनपुर सहित देशभर बिरोध प्रर्दशन भएको थियो ।
बिहानैदेखि रणभूमि बनेको कञ्चनपुर जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय सहित दलका पाटी कार्यालय, दर्जनौँ नेता, सांसद, मन्त्रीका घर सरचनादेखि निजी सम्पतीमा तोडफोड आगजनीले कञ्चनपुर दिनभर जल्यो ।
आगजनीले निजी सम्पत्तीमा अनगिन्ती भौतिक क्षति भएको छ । युवा, यातायात व्यवसायी, मजदुर एव सर्वसाधारण सरकार बिरुद्ध सडकमा उत्रिएपछि मंगलबार दिनभर कञ्चनपुर पुरै रणभूमि मैदान बनेको थियो ।

तत्तकालिन सत्ताधारी नेपाली काँग्रेस र नेकपा एमालेको पाटी कार्यालयमा बिहानै आगजनी एव तोडफोड गरेका आन्दोलनकारीले भीमदत्त नगरपालिकाको मुल गेटमा आगजनी बिरोध प्रर्दशन गरेका थिए । त्यसपछि छेउमै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा यो कार्यालय हुँदा भ्रष्टाचार रोकिनुको साटो झन बढिरहेको भन्दै साईन बोड सहित ढुङगाबुढा बर्षाएर तोडफोड गरेर जिल्ला प्रशासन पुगेका थिए ।
प्रशासन भित्रै पुगेर टायर बालेर कार्यालयमा आगजनी गर्दै बिरोध गरेका हजारौँको संख्यामा रहेका आन्दोलनकारी निर्वतमान गृहमन्त्री रमेश लेखकको बेदकोट नगरपालिका ८गैलनदी घरमा पुगेर तोडफोड, घरमा आगजनी गरे, लगत्तै भीनपा ४ महेन्द्रनगरको घरमा पनि आगजनी गरेका थिए । भीमदत्त नगरपालिका ४ सरकारी वकिल कार्यालयमा आगजनी तोडफोड गरेका छन ।
आन्दोलन नेतृत्व र नियन्त्रण बाहिर थियो । भीमदत्त नगरपालिका ६ ऐठपुर सुप प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, भीनपा ४ महेन्द्रनगर भीनपा १७ बाँसखेडा एमाले नेतृ एव पुर्व सांसद निरुदेवी पाल, भीनपा १८ कटान स्थित एमाले नेता एव भीमदत्तका निर्वतमान मेयर सुरेन्द्र विष्ट, एमाले नेता एव सुप प्रदेशका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पालको घरमा तोडफोड एव आगजनी गरेका छन । भने, भीनपा ४ गोबरैया स्थित एमाले नेता एव सुप प्रदेशका आन्तरिक मामिलामन्त्री हिरा सार्कीको घरमा ढुङगामुढा प्रहार गरेका छन ।
काँग्रेस कञ्चनपुरका सभापति एव भीमदत्त नगरका मेयर पदम बोेगटीको भीनपा ४ महेन्द्रनगरको घरमा तोडफोड, भीनपा २ उल्टाखामको घरमा आगजनी, तोडफोड गरेका छन । भीनपा १८ बागबाणी स्थित भीमदत्तकी उपमेयर निलम लेखकको घरमा तोडफोड एव आगजनी गरेका छन । सो क्रममा उपमेयर लेखक र उनका श्रीमान घाईते भएर महाकाली अस्पतालमा उपचारार्थ छन ।
काँग्रेस नेतृ एव सुप प्रदेश सभा सदस्य मधु भारतीको घरमा आगजनी, काँग्रेस नेता एव बेदकोट नगरका मेयर भोजराज बोहरा, जिसस प्रमुख दुर्गादत्त बोहरा, काँग्रेस केन्द्रीय सदस्य एव कर्णा प्रदेश प्रमुख यज्ञराज जोशीको घरमा समेत आगजनी तोडफोड गरेका छन ।
भीनपा ६ ऐठपुर स्थित नेकपा एकीकृत समाजवादीका नेता एव सुप प्रदेशका आर्थिक मामिलामन्त्री प्रकास रावलकोे घरमा तोडफोड आगजनी गरेका छन । समाजवादीकै नेता माया पन्तको घरमा तोडफोड, सुप प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाकोे घरमा पनि तोडफोड गरेका थिए । जनप्रतिनिधिको घरमा लगाएको आगोबाट लाखौँको धनजन, भौतिक नगद क्षति भएको जनाएका छन ।
यस्तै गरेर होटल ओपेरा, सिमएजी क्यासिनो, एनसेल सेन्टरमा समेत तोडफोड गरेका छन । जेनजीले कृष्णपुर, पुर्नवास नगरपालिका कार्यालय, शुक्लाफाँटा नगरका १२ वटै वडा कार्यालय, कृष्णपुरका २, ५, ७ वडा कार्यालय, २मोटरसाईकल, २ स्कुटी समेत जलाईदिएका छन । कृष्णपुरका मेयर विष्णू ओझाको घरमा समेत तोडफोड आगजनी गरेको र घरमा समेत सुनचाँदनी, नगद समेत नष्ट गरेको जनाएको छ । दोधाराचाँदनीमा काँग्रेस पाटी कार्यालय, बेलडाँडी गाँउपालिका पाटी कार्यालयमा समेत आगजनी तोडफोड गरेका थिए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आगजनी गर्ने क्रममा प्रहरीले केही राउट आँश्रु ग्याँस प्रहार गरेर भिड निन्त्रण गरेका थियो । आन्दोलनमा उत्रिएका युवा विद्यार्थीले सरकारले अत्याचार गरेपछि आन्दोलनमा उत्रिएका बताएका छन । युवा नरेश भट्टले सरकारले जनताको आवाज दवावदेखि भ्रष्टाचारमा लिप्त भएपछि युवाहरु स्वतस्पूति आन्दोलनमा आएको बताए । अर्की युवती लक्ष्मी सुनारले सरकार हकङकारी निरङकुसतातर्फ उन्मुख भएकाले आन्दोलनमा उत्रिएको बताए । कञ्चनपुरका एसपी खडक बहादुर खत्रीले सुरक्षाकर्मी भन्दा निकै बढी हजारौँको संख्यामा आन्दोलनकारी एकसाथ प्रर्दशनमा उत्रिएपछि आन्दोलन नियन्त्रण गर्न नसकिएको बताए ।
कञ्चनपुरका सुरक्षा प्रशासनले सयमितता अपनाएकाले मानविय तर्फ क्षति भएको नभएको जनाईएको छ । जेनजी आन्दोलन जस्तो हिन्सात्मक आन्दोलन माअोवादी युद्धका क्रममा पनि नभएको पीडितहरुको भनाई छ । हिन्सात्मक आन्दोलन भएपछि बुधबार बिहानैदेखि कञ्चनपुरमा नेपाली सेना परिचालन भएका छन । महेन्द्रनगर सहितका विभिन्न बजार, स्थानमा सेना सहितका सुरक्षा निकाय परिचालन भएपछि रणभूमि बनेको जिल्ला सुनसान भएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले देशभर कफ्यु अन्र्तरगत जिल्लाका विभिन्न स्थान चोक, बजार क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरीकोे संयुक्त गस्ती परिचालन गरिएको बताए । ‘अहिले जिल्लाभरी संयुक्त रुपमै परिचालन भएका छौँ, ‘प्रवक्ता बोहराले भने, ‘आवश्यक थप स्थानमा पनि परिचालन हुन्छौँ, कफ्यु भएकाले कति आवश्यकीय काम बाहेक बाहिर ननिस्किनु ।’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलबार बिहान ११बजेदेखि नै कफ्यु जारी गरेको थियो । पछिल्लो राजनीतिक परिस्थिति पछि कञ्चनपुरका शिक्षणसंस्था, उद्योग, व्यवसाय यातायात, व्यवसायी क्षेत्र दुई दिनदेखि ठप्प भएका छन ।
