निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

कञ्चनपुर, १६ भदौँ
निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २१ भदौँ ०८२ मा हुन लागेको निर्वाचनका लागि पुष्पराज अवस्थी प्यानल पनि घोषणा गरिएको छ । संघको १५ औँ नयाँ कार्य समिति चयनका लागि हुने निर्वाचनमा अवस्थी प्यानल घोषणा गरिएको हो ।
सोमबार महेन्द्रनगरमा अवस्थी नेतृत्वमा निर्माण व्यवसायी संघको नेतृत्व पदाधिकारीका लागि प्यानल घोषणा गरिएको छ ।
अवस्थी नेतृत्वमा बरिष्ठ उपाध्यक्ष अमर बहादुर बम, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देवीदत्त भट्ट, सचिव गोरेसिह ऐर, सहकोषाध्यक्ष चित्र कार्कीको उम्मेदवारी रहेको प्यानल घोषणा गरिएको छ ।
प्यानल घोषणा गर्दै अध्यक्षका उम्मेदवार पुष्पराज अवस्थीले साना व्यवसायीहरुलाई समेटनेदेखि निर्माण व्यवसायीहरुको साझा समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्न आफु नेतृत्वमा आउन चाहेको बताए ।
पुर्व उपाध्यक्ष समेत रहेका अवस्थी यस अघि अध्यक्षमा पराजित भएका थिए । आफुले नेतृत्वमा पराजित भएपछि धेरै विषयकोे ज्ञान आर्जन गरेको बताउँदै अब आम व्यवसायीहरुको हकहितका लागि काम गर्नकै लागि नेतृत्वमा जान चाहेको बताए ।


‘संघमा अझैपनि साढे तीन सय हराहारीमा व्यवसायी आबद्ध छैनन, ‘उनले भने, ‘मेरो नेतृत्वमा समिति चयन भए उहाँहरुलाई पनि समावेस गराउँछु ।’ निर्माण व्यवसायीको क्षमता अभिबृद्धि गर्दै संघलाई प्रविधीमैत्री बनाउने, निर्माण व्यवसायीका साझा समस्या भुक्तानी समस्या समाधान गर्ने, नेतृत्व दोहोरिने प्रवृतिको अन्त्य गर्ने, निर्माण व्यवसायी संघलाई सबैको साझा संस्थाको रुपमा विकास गर्दै जिल्लामा निर्माण व्यवसायी संघलाई थप आत्मनिर्भर, स्वच्छ निष्पक्ष बनाउने एजेण्डा अघि सारेका छन । संघमा भएका समस्या समाधान गर्दै जिल्लाको दीगो विकासदेखिका एजेण्डा अघि सारेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘हाम्रो प्यानल विशुद्ध व्यवसायीहरुको प्यानल हो, हामी कुनै दलमा आबद्ध पनि छैनौँ, ‘उनले भने, ‘हामी व्यवसायीका लागि सबै दल, समुह बराबरी हो, हामीले राज्यले दिएको काम समयमै गुणस्तरिय सम्पन्न गर्ने दायित्व हुन्छ ।’ अवस्थी प्यानलबाट महासचिवका उम्मेदवार देवीदत्त भट्टले साना र संघ बाहिर रहेका आम निर्माण व्यवसायीलाई आबद्ध गराएर अघि बढने बताए । उनले यस अघिका समितिले सानादेखि नयाँ निर्माण व्यवसायीहरुलाई समावेस गर्न नसकेको बताउँदै अवस्थी नेतृत्वको समितिले समावेस गर्ने बताए । अवस्थी प्यानलाई अधिकाँस साना व्यवसायीहरुले साथ सर्मजन जनाएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरेश सिह रावलले अवस्थी नेतृत्वको प्यानल समावेसीदेखि विशुद्ध व्यवसायिक हकहितका लागि भएर सहयोगका लागि अपिल गरेका छन ।

ताजा खबर

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

कञ्चनपुर, १४ भदौँ कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको...

गायक टंक तिमिल्सिना अस्ट्रेलिया प्रस्थान गौरा पर्व २०२५ मा धमाकेदार प्रस्तुति दिने तयारी

 — लोकप्रिय गायक टंका तिमिल्सिना हिजो अष्ट्रेलियातर्फ प्रस्थान गरेका...

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

सञ्जु महर कञ्चनपुर, ११ भदौँ सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन०...

मायादेवीमा एमालेबाट उपाध्यक्षमा उम्मेदवार बनेकी पासीसहित १०१ जना राप्रपामा प्रवेश

कपिलबस्तु ०८ भदौ । कपिलवस्तु क्षेत्र नम्बर १ मायादेवी गाउँपालिकाबाट...

बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु

 विकास सिह महता कञ्चनपुर, भदौँ ७ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?