महेन्द्रनगरमा ओसिएन एजुगेशन फाउण्डेशन प्रशिक्षण केन्द्र संचालन

कञ्चनपुर २९ साउन ।
कञ्चनपुरको महेन्द्रनगरमा ओसिएन एजुगेशन फाउण्डेशन प्रशिक्षण केन्द्र संचालनमा आएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगर भाँसीमा ओसिएन एजुगेशन फाउण्डेशन प्रशिक्षण केन्द्र संचालनमा आएको हो ।
काठमाण्डौँमा केन्द्रीय कार्यालय रहेको ओसिएनको बिहीबारदेखि भाँसी टनकपुर रोड क्षेत्र महेन्द्रनगरमा औपचारिक रुपमा संचालनमा आएको छ । ओसिएन एजुगेशन फाउण्डेशनका संचालक भक्त बहादुर धामीले सुदुरप्िरश्चम क्षेत्रका विद्यार्थीको सुविधालाई मध्य नजर गर्दैै भाषा प्रशिक्षण केन्द्र संचालनमा ल्याएको बताए ।


उनका अनुसार ७ बर्षदेखि काठमाण्डौँमा संचालनमा रहेको ओसिएनले हालसम्म दक्षिण कोरियामा एकसय, जापानमा २सय सहित अन्य मुलुकमा समेत विद्यार्थी पठाउन सफल भएको बताए ।
‘हामी उपत्यका बाहिर यस पटक पहिलो शाखा महेन्द्रनगरमा विस्तार गरेका छौँ, ‘उनले भने, ‘काठमाण्डौँको जस्तै सुदूरपश्चिम कञ्चनपुरमा पनि दिन्छौँ ।’ सस्तो शुल्क गुणस्तरिय शिक्षा प्रदान गर्ने संकल्प लिएको उनको भनाई छ । जापानीज, अष्टे«लिया, यूएसए, क्यानाडा, यूके, डेनमार्क, दक्षिण कोरियाको भाषा प्रशिक्षण हुनेछ ।
सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री एव सुप प्रदेश सभा सदस्य प्रकास बहादुर रावलले उद्घाटन गर्दै सीप, भाषा सिकेर मात्रै बैदेशिक रोजगारीमा जाँदा सहज हुने बताए ।

उनले सकभर स्वदेशमै रोजगारी खोज्नुपर्ने विदेश जानै परेपनि यस्ता भरपर्दा, विश्वासिता प्रशिक्षण केन्द्र मार्फत भाषा र सीप सिकेर जान सुझाव दिएका छन । बैदेशिक रोजगारी एव अध्ययनका लागि कञ्चनपुर सहित सुदूरपश्चिमबाट काठमाण्डौँमा जानुपर्ने बाध्यता हटेको छ । समाजसेवी गोपाल सिह धामीले ठुलो धनराशी खर्च गरेर काठमाण्डौँ लगायतका टाढा शहरमा गएर भाषा सिक्ने बाध्यता हटेको बताए ।

उनले घर आँगनमै बिदेशमा अध्ययन र रोजगारीका लागि ओसिएनले सहजता गर्ने बताए । भीमदत्त नगरपालिका ७का वडाध्यक्ष गणेश बहादुर चन्दले सीप र भाषा सिकेर बिदेशमा जाँदा दुख नहुने बताए । उद्घाटन कार्यक्रममा स्थानीय एव सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा खबर

पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

प्रदिप राना कञ्चनपुर, ३० साउन ल्लाको दक्षिणी क्षेत्र बेलडाँडी पालिका...

राष्ट्रिय मानव अधिकार आयोगले भन्यो, ‘अनशनमा बसेका आरक्षपीडितको जिवन रक्षा गर’

कञ्चनपुर, ३० साउन राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत कञ्चनपुरका...

निजी विद्यालयका संचालक शिक्षा विधेयक बिरुद्ध निरन्तर आन्दोलनमा 

  सञ्जु महर कञ्चनपुर, ३० साउन  लामो समयपछि सरकारले ल्याउन लागेको सरकारले...

शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक आन्दोलित ः कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन

धन सिह धामी, कञ्चनपुर, २९ साउन सरकारले ल्याउन लागेको विद्यालय...

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी

केशव थापा, साउन २९ नेकपा माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?