नागरिकको सुरक्षामा कञ्चनपुरका सिडिओ ढकालको चिन्ता, दैजी बेलडाँडी सडक खण्डको झाँडी सफाई गर्न सरोकारवालासंग समन्वय

रमेश प्रशाद भट्ट,
कञ्चनपुर साउन २८
कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने छोटो दुरीमा रहेको दैजी बेलडाँडी९हुलाकी० सडक छेउछाउ झाँडीले भरिभराउ भएर सडक साधुरिदै गएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर दैजी बेलडाँडी जोड्ने उक्त हुलाकी सडक छेउछाउमा बुट्यान झाँडीले सडक भरिभराउ भएको छ । झण्डै १५किलोमिटर जंगलको बाटोभएर नागरिकले यात्रा गर्नुपर्ने बाध्यता छ । निकुञ्जबाट यताउता गर्ने ठुला तथा साना प्रजातिका जनावरको मुभमेन्टले यात्रु जोखिम बढिरहेका समाचार बाहिरिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी९सिडियो० लक्ष्मण ढकालले चासो दिएका छन । झाडीले सडक लटरम्म ढाकिएपछि यात्रुलाई नजिकैबाट बन्यजन्तुको मुभमेन्टले मानवबन्यजन्तुविच हुनेद्वन्द्व न्यूनिकरणका लागि सिडियो ढकालले हुलाकी राजमार्ग आयोजना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली सिँचाई सहितका कार्यालय सरोकारवाला निकायसंग सडक छेउछाउको झाँडी सफाई गरेर ढाटैबाट सडक चिटिक्क र कुनै जनावर आएपनि देखिने गरेर यात्रुलाई पुर्व सर्तकताका लागि वातावरण तयार पार्न निर्देशन दिएका छन । प्रजिअको समन्वय निर्देशन अनुरुप छिट्टै झाँडी सफाई गर्ने तयारी रहेको जनाएको छ ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?