मानव अधिकार शिक्षा एक दिवसीय कार्यक्रम कञ्चनपुरमा सम्पन्न

कञ्चनपुर ०४ साउन ।
नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा मानव अधिकार शिक्षा एक दिवसीय कार्यक्रम कञ्चनपुरमा भव्य रूपमा सम्पन्न भएको छ ।
भीमदत्त १० का वडा अध्यक्ष महेश चन्द कार्यक्रम संयोजन रहेका थिए भने सञ्चालन गोबिन्द प्रसाद ढकालले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत महेन्द्रनगरका माननीय न्यायाधीश उज्वल सुक्ला हुनुहुन्थ्यो ।
विशेष अतिथिका रूपमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक
(एसपी) खड्क बहादुर खत्रीको सहभागिता रहेको थियो । संविधानमा उल्लेखित मौलिक हक र मानव अधिकारसम्बन्धी प्रशिक्षक ढकालले जानकारी दिँदै भने, “कुनै एक ठाउँमा भएको अन्याय सम्पूर्ण समाजमाथि भएको अन्याय हो। स्वतन्त्रताको चाहना आफैंदेखि सुरु हुन्छ, त्यसपछि मात्र अरूको साथ पाइन्छ ।”
वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधान, मानव अधिकार र नागरिक चेतनाबारे सन्देशमूलक विचार राख्दै यस्ता कार्यक्रमहरूले कानुनी चेतना अभिवृद्धिमा टेवा पु–याउने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूबाट मूल्यवान सुझाव, मन्तव्य र अनुभवहरू प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार पत्रकार, बुद्धिजीवी, महिला र युवाको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रम उत्साहजनक र सभ्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुले मानव अधिकार शिक्षा सम्बन्धि विज्ञ वक्ताहरुबाट राम्रो ज्ञानको कुरा अनुग्र्रहण गरेको बताएका छन ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?