ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ग्लोबल हिरो अवार्ड प्रदान गरीने

काठमाडौं ०३ साउन ।
यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई प्रख्यात व्यक्तिहरू ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ।

कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हुन्, जसलाई लोडसेडिङ अन्त्यको श्रेय दिइन्छ। उनको कुशल नेतृत्व, दृढ इच्छाशक्ति र व्यवस्थापकीय क्षमताका कारण नेपालले दशकौँ लामो लोडसेडिङबाट मुक्ति पाएको थियो।

घिसिङको यो योगदानले नेपाली जनताको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ र उनी ुअँध्यारोबाट उज्यालोु ल्याउने नायकका रूपमा लोकप्रिय छन्।

यसैगरी, ज्ञानेन्द्र शाही, एक प्रभावशाली युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन्। उनले भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा निरन्तर आवाज उठाउँदै आएका छन्। ​

ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ(आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष घिसिङ र शाहीले राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?