कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार ।
कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ पन्त कृषि एवक प्राद्योगिक विश्वविद्यालय पन्तनगर (उद्यमसिह नगर) बाट खरिद गरेर ल्याएका बोट बिरुवा सशस्त्र प्रहरीले तस्करीका भन्दै नियन्त्रणमा लिएर नष्ट गरेको दुखेसो पोखेका छन । कृष्णपुर नगरपालिका २वाणीका स्थानीय समेत रहेका युवा उद्यमी सुरेन्द्र बहादुर बमले आफुले भारतको गोबिन्द बल्लभ पन्त कृषि एव प्राद्योगिक विश्वविद्यालय पन्तनगर९उद्यमसिह नगर०बाट खरिद गरेर ल्याएका बोट बिरुवा सशस्त्र प्रहरीले तस्करीका भन्दै नियन्त्रणमा लिएर नष्ट गरेको दुखेसो पोखेका हुन ।
भारतको चर्चित कृषि विश्वविद्यालयबाट खरिद गरिएका फलफुल एव अन्य प्रकृतिका बिरुवा सशस्त्र प्रहरीले रोकेर नष्ट गरेपछि कञ्चनपुरमा खुलेयाम तस्करी हुँदा नदेख्ने सशस्त्र प्रहरीले किसानलाई कृषि कार्यका लागि ल्याउन लागेका बिरुवा नियन्त्रणमा लिएर निरुत्साहित गर्न खोजेको दुखेसो गरिरहेका छन ।
‘मैले तस्करी गरेर चोरेर पनि ल्याएको होईन बकाईदा बिलबिजक देखाउदा पनि सशस्त्र प्रहरीले मानेन, प्लान्ट क्वारेन्टाईन पठाई छाड्यो, ‘उनले भने, ‘स्वदेशमा नपाएपछि भारतबाट हजारौँ रुपैया खर्चिर ल्याएर बिरुवा सशस्त्र प्रहरीले प्रकृया बिनै आयात गरेको भन्दै रोकेर नष्ट गरिदियो ।’ सशस्त्रलाई बिलबिजक देखाउँदा देखाउँदैपनि कु्न नियतले नियन्त्रण लिएको आफै अचम्मित भएको बताए ।
भारतबाट बिरुवा ल्याउदा सरकारलाई कति राजस्व नोक्सानी भयो, नेपालमा के बिस बमन नै भयो । गड्डाचौकीदेखि जिल्लाभरीबाट खुलेयाम सेटिङ्गमा हुने तस्करी नदेख्ने सशस्त्र प्रहरीले नेपालको कृषि बृद्धि विकासमा अवरोध गर्न खोजेको बमको आरोप छ ।
सशस्त्र प्रहरीसंग अनुरोध गर्दा गर्दै क्वारेन्टाईन किन भएन, आदि विवित बाहनाबाजी गरेर क्वारेन्टाईनमा पठाएर सोमबार नष्ट गरिदिएकोे उनको दुखेसो छ । बमले आफुमाथि मात्रै नभई यो सिङ्गो किसानमाथिको प्रहार विचौलिया समुहलाई मोटाउने खेल भएको आरोप लगाएका छन ।
‘यत्रो जिल्लाभरी खुलेयाम तस्करी हुँदैन, तर सशस्त्र प्रहरीले त्यहाँ कानुन प्रकृया खोज्दैन, ‘उनले भने, ‘किसानले नेपालको कृषि विकासका लागि केही गर्छु भनेर ६०बिरुवा ल्याउँदा नियन्त्रणमा लिन्छ, खरिद गरेका बिरुवा तस्करकोे जस्तो के भन्सारबाट लुकाएर आउने वा घुुस खुवाएर नेपाल ल्याउने छ भन्दै बमले प्रशन गरेका छन । उता सशस्त्र प्रहरी र क्वारेन्टाईनले उक्त बिरुवा भारतबाट नेपाल भित्र्राउँदा प्रकृया नपुगेको जनाएका छन । भारतबाट दिनदाहदै रातीसम्मै खुलेयाम प्रतिबन्धिक कुखुरा, अण्डा तस्करी हुँदा त्यहाँ नियन्त्रण गर्न आलटाल गर्ने सशस्त्र प्रहरलिे किसानको बिरुवामाथि आँखा लगाएर नियन्त्रणमा लिएर नष्ट गर्ने कार्यबाट आफुमात्रै नभई आम किसान यसरी नै निरुत्साहित हुने बमको चिन्ता छ ।
गड्डाचौकी स्थित सशस्त्र प्रहरी गुल्मका गुल्मपती बिरेन्द्र पालले जिपको डालामा खुलेयाम ल्याईरहेका बिरुवा बिना क्वारेन्टाईन हुँदा नियन्त्रणमा लिएको बताए । ‘भारतबाट ल्याएका ति बिरुवाको क्वारेन्टाईन थिएन, हामीले नियन्त्रणमा लिएर प्लान्टनलाई बुझाईपनि सकेका हौँ, ‘उनले भने, ‘नष्ट पनि भईसक्यो, तर ति बिरुवा ल्याउने सुरेन्द्र बम जीसग मेरो व्यक्तिगत केही पनि छैन, मेरो प्रहरीले कानुनको पालना मात्रै गरेको हो ।’ प्लान्ट क्वारेन्टाईनमा अफिसर कोमल शाहले सशस्त्र प्रहरीबाट बरामद भई आएका बिरुवा प्रकृया पुरा नगरेको बताए । ‘ति बिरुवा नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले हामीलाई पत्र सहित बुझाएको छ, ‘उनले भने, ‘आयात प्रकृया नपुग हुँदा नष्ट गरेका छौँ ।’ समान्यतया किसानले कृषि प्रर्बद्धनात्मक काममा ल्याउने कृषि समाग्री बरामदीदेखि प्रकृयाको विषय पुरा नहुँदा सरकारी निकाय र किसानविच विवाद हुदै आएको छ ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?