पोखरी कटेज होटलमा सरकारी अनुदान छैन ः संचालक राना

कञ्चनपुर, असार ३
कञ्चनपुरको बेदकोट नगरपालिका– ७ सुडा हजारा स्थित पोखरी कटेज प्रालि होटलका संचालक कृष्ण रानाले होटलमा सरकारी अनुदान नलिएको बताएका छन । उनले आफुले पहिल्यै देखि ललिता एग्रो फर्मबाट माछा तथा कुखुरा पालनगर्र्दै आएको त्यही फर्मबाट अहिले जिउँदो माछा बिक्रि केन्द्र र पोखरी मर्मतका लागि प्रदेश सरकारबाट अनुदानमा छनौट भएको बताए । प्रदेश सरकार रहेको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत चालु आर्थिक बर्ष ०८१÷०८२मा ५०लाखमा अनुदान छनौट भएपनि निर्माण कार्य जारी भएकाले भुक्तानी समेत नपाएको बताए । ‘मेरो निजी ५०लाख र सरकारको ५०लाख संयुक्त लगानीमा योजना संचालन गरेको छु, ‘उनले भने, ‘मैले अनुदान लगेर दुरुपयोग पनि गरेको छैन ।’ ०७२सालदेखि पोल्ट्री, माछा व्यवसायमा काम गर्दै आएको र व्यवसाय विस्तार गरेर ०७६देखि पोखरी कटेज समेत संचालनमा ल्याएको उनले बताए ।
सरकारी अनुदान लिएर पोखरी कटेजमा प्रवेसका लागि प्रति व्यक्ति ५० रुपैया संकलन भईरहेको समाजिक सञ्जालमा प्रशन उठेपछि उनले आन्तरिक सुरक्षाका लागि प्रवेसीहरुबाट फुट शुल्क रहेको र उक्त शुल्क लिएर ग्राहकको अन्य शुल्कमा मिलान गर्दै आएको दावि गरे । हालसम्म १३करोड बैकिङ्ग ऋण रहेको भन्दै उनले युवालाई स्वदेशमै उद्यम गर्न वातावरण बनाउनु्पर्नेमा जोडदिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सुचना अधिकारी खडक बहादुर पाण्डेयले पोखरी कटेज होलटमा अनुदान नगएको बताए । ‘संचालक एकै व्यक्ति हुनसक्छ, तर अनुदानका लागि ललित एग्रो फर्म छनौट भएको छ, ‘उनले भने, ‘उपभोक्तालाई ताजै जिउँदो माछा बिक्रि केन्द्र संचालन र केही पोखरी मर्मतका लागि कार्यक्रम दिएका छौँ, काम भईरहेको छ, सम्झौता अनुरुप काम भएपछि मात्रै भुक्तानी हुन्छ ।’

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?