सडक विभागका सहसचिव खत्रीको यस्तो दावि महाकाली पुलको पुरानो डिजायन फेल भयो, नयाँ मैले ल्याएको हुँ

कञ्चनपुर, २ असार 

गत बर्ष वाढीले भत्काएको महाकाली चारलेनको गाईडबण्ड पुर्ननिर्माणका लागि चुरेका खोलाबाट ढुङ्गा निकालिने भएको छ । चारलेन पुलको गाईडबण्ड गत बर्ष महाकाली नदीको वाढीले झण्डै ३सय मिटर भत्किएको थियो । यस बर्ष सरकारले असारदेखि असोजसम्म भीनपा ११, १२ र १३ विपद् व्यवस्थापन घोषणा गरेर नेपाली सेना मार्फत गत जेठ दोस्रो सातादेखि भत्किएको तटबन्ध पुर्ननिर्माणदेखि नदीको च्यानलाईजेसन गरिरहेको छ ।

भत्किएको गाईडबण्ड पुर्ननिर्माणका लागि ठुला परिणाका ढुङ्गा आवश्यक परेपछी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सेनालाई ठुङ्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भीमदत्त र बेदकोट नगरको उत्तरी चुरेका खोला नदीबाट ६० सेन्टीमिटर भन्दा बढीका ढुङगा निकाल्ने निर्णय भएको बताए । जिसस प्रमुख बोहराका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी समेत रहेका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रशाद ढकालको अध्यक्षतामा बसेको बैठकले तटबन्ध पुर्ननिर्माणका लागि भीमदत्त नगरकोे भिमरीगाड, खन्यखोला, कामिकाटे र बेदकोटको रौटेला सहितका खोलाबाट ढुङ्गा उपलब्ध गराउने निर्णय भएको छ ।

‘ढुङ्गा ल्याए बाफत सम्बन्धीत पालिकामा रोयल्टी तिर्ने निर्णय भएको छ, ‘जिसस प्रमुख बोहराले भने, ‘जसरी पनि विपद् व्यवस्थापन गर्नुपर्नेमा सरोकारवाला एकमत देखिएका छन ।’ जिसस प्रमुख बोहराले ठुला परिमाणमा ढुङ्गा नहुँदा काम अघि बढ्न नसकिने भएपछि असार १ गतेदेखि खोला नाला बन्द भएपनि विपद् नियन्त्रणको कामका लागि निर्णय गराएको बताए ।

बैठकमा सहभागि सडक विभागका सहसचिव समेत रहेका सिनियर ईन्जिनियर थानेश्वर खत्रीले महाकाली पुलको पुरानो डिजायन फेल भएको र आफुले नयाँ बनाएको नयाँ डिजायन अनुरुप अहिले काम भईरहेको बताएका थिए । बैठकमा पुरानो डिजायन फेल भएको र आफुले बनाएको डिजायन अनुरुप काम भईरहेको बताएका सडक विभागका सहसचिव थानेश्वर खत्रीले सडक विभाग सहित सरोकारवाला निकायकै समन्वयमा अहिले काम भईरहेको बताए ।

बैठकमा भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले यस अघिको डिजायनमा भुजेला जिरो प्वाईन्ट समेटन नसकिएको बताए । ‘उतिबेला महाकाली पुलको डिजायन बनाउँदा जिरो प्वाईन्ट छुटेको छ, अहिले त्यहाँ पनि कटानी भईरहेको छ, त्यहाँ पनि हेरिदिनुप¥यो ।’ गत बर्ष वाढीले भत्काएको तटबन्ध सहितका अतिरिक्त कामका लागि पुल निर्माण कम्पनी कुमार सिएफआईसी जेभीले भेरियसनको कामका लागि कार्यालय, विभाग हुँदै मन्त्रालय फाईल पेश गरेपनि स्वीकृत केही महिनादेखि काम रोकेको थियो । सरकारले विपद् संकट घोषणा गरेपछि सेनालाई जिम्मेबारी दिएसंगै काम भईरहेको छ । विगतदेखि महाकाली तटिय क्षेत्रका स्थानीयले समयमै भुजेला खोला र महाकाली नदी नियन्त्रणको माग अघि सार्दै आएका छन ।

 

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?