कञ्चनपुरको भीमदत्त -११ मा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न 

कञ्चनपुर २८ जेठ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा शनिबार बृहत् तथा निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। भीमदत्त ११ को आयोजना तथा महाकाली प्रादेशिक अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालित यस शिविरबाट सयौं स्थानीयबासीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिई लाभान्वित भएका छन्।

 

भीमदत्त ११ का वडा अध्यक्ष प्रकाश थापाले आफू जनप्रतिनिधिको रूपमा निर्वाचित भएदेखि नै वडाबासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए। उनले यो शिविर आफ्नो कार्यकालको तेस्रो संस्करण भएको जानकारी दिँदै, प्रत्येक वर्ष वडामा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको उल्लेख गरे। “स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुन्,” अध्यक्ष थापाले भने, “हामी वडाबासीको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन हरदम प्रयासरत छौं र भविष्यमा पनि यस्ता जनमुखी कार्यक्रमहरूलाई निरन्तरता दिनेछौं।” उनले वडाबासीको स्वास्थ्यप्रतिको चासो र सहभागिताले आफूलाई थप हौसला मिलेको पनि बताए।

 

भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृतले हरि सिहं धामीले वडा कार्यालयको यस प्रशंसनीय कार्यको लागि हार्दिक धन्यवाद व्यक्त गरे। उनले नगरपालिकाले सधैं स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच बढाउनका लागि यस्ता उदाहरणीय कार्यहरूमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए।

 

यसैगरी, महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अर्जुन भट्टले यस किसिमका शिविरहरूले विशेषगरी ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले अस्पतालले भविष्यमा पनि वडा कार्यालय र अन्य स्थानीय निकायहरूसँग सहकार्य गर्दै यस्ता जनमुखी स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने विश्वास दिलाए।

 

आधारभूत स्वास्थ्य सेवा केन्द्र भीमदत्त ११ का अहेव नरबहादुर टमाटाले शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप र सुगर जाँच, विभिन्न रोगहरूको निदानका लागि परामर्श, र आवश्यक औषधि वितरण जस्ता सेवाहरू प्रदान गरिएको जानकारी दिए। उनले शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले बिहानैदेखि सेवा प्रदान गरेको र वडाबासीको उल्लेख्य उपस्थिति रहेको बताए।

 

शिविरमा सहभागी वडाबासीले यस निशुल्क स्वास्थ्य शिविरको खुलेर प्रशंसा गरेका छन्। नियमित रूपमा यस्ता शिविरहरू सञ्चालन हुँदा स्वास्थ्य सेवामा सहज पहुँच पुगेको र यसले आर्थिक भार पनि कम भएको उनीहरूको भनाइ छ। वडाबासीले यस कार्यका लागि वडा अध्यक्ष थापा र सम्पूर्ण आयोजक टिमलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू जारी रहने अपेक्षा

राखेका छन्।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?