जनप्रतिनिधी बस्नेतद्वारा ५५ पटक रक्तदान

कञ्चनपुर, २७ जेठ ।
कञ्चनपुरको एक स्थानीय तहका जनप्रतिनिधीले रक्तदान गर्ने पुण्य कार्यलाई निरन्तरता दिएको छ । भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेतले अहिले सम्म ५४ औँ पटक रक्तदान गरे संगै आजको सहित ५५ औं पटक रक्तदान गरेको हो । ‘रक्तदान जिवन दान’ भन्ने सिद्धान्त अनुरुप वडा सदस्य बस्नेतले रक्तदान गर्दै आएका छन । वडा सदस्य हेम बहादुर बस्नेतले मंगलबार पनि नेपाल रेडक्रस सोसाईटी महेन्द्रनगर शाखामा रक्तदान गरेका छन ।

उनले आफुले तीन तीन महिनामा रक्तदान गर्दै आएको बताए । सम्भवत कञ्चनपुरमै सबैभन्दा बढि रक्तदान गर्ने वडा सदस्य बस्नेत नै भएको देखिन्छ । खेलाडी समेत रहेका वडा सदस्य बस्नेतले आफुले गरेको रक्तदान बाफत बिरामीलाई आवश्यक हुने भएकाले समाजिक कार्यका लागि रक्तदान गर्दै आएको बताए ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?