नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को सुदूरपश्चिम स्तरीय भेला बेलौरीमा हुने

कञ्चनपुर,  २० जेठ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को सुदूरपश्चिम प्रदेश स्तरीय भेला कञ्चनपुरको बेलौरीमा आयोजना गरिने भएको छ। “भावसम्प्रेषण तथा दोस्रो भेला कार्यक्रम” शीर्षकमा उक्त कार्यक्रम बेलौरी नगरपालिका–६ मा अवस्थित पून होटल एण्ड पार्टी प्यालेसमा  जेठ २० मंगलबार दिउँसो १२ बजे सुरु हुनेछ। कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रमुख अतिथि रहनेछन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कञ्चनपुरका जिल्ला इञ्चार्ज दिपेश शाहीका अनुसार सो भेलामा सुदूरपश्चिम प्रदेशभरिका पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण जनसमुदायलाई सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ।

शाहीले यस भेलालाई संगठन सुदृढीकरण र भावनात्मक एकताको सन्देश दिने अवसरको रूपमा लिने तयारी गरिएको बताए। कार्यक्रमको व्यवस्थापन तथा आवश्यक तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।

ताजा खबर

मन्त्र हस्पिटलमा पहिलो पटक सफल मेरुदण्डकाे शल्यक्रिया

उपेश सिंह धामी महेन्द्रनगर,२२ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेकाे एक निजी...

यातायात व्यवसायी द्वारा आन्दाेलन घाेषणा

कञ्चनपुर, १७ जेठ गण्डकी प्रदेश सरकारले ल्याएको यातायात सम्बन्धीको विवादित...

धुम्रपान रहित दिवसकाे अवशरमा कञ्चनपुरमा वक्तृत्वकला

कञ्चनपुर, जेठ १७ कञ्चनपुरमा विश्व धुम्रपान रहित दिवसमा वक्तृत्वकला आयोजना...

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?