महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २ 

कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय संचालनमा आएको छ ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगर जानकी टोलमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालनमा आएको हो ।

गत बर्ष ०८१मा दर्ता भएपनि चालु शैक्षिक सत्र ०८२देखि विद्यालय संचालनमा आएको जनाएको छ । करोडौँ लगानीमा आधुनिक एसि सहित शिशु, बालबालिका विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा निर्माण गरिएका छन ।

मदरल्याण्ड मण्टेश्वरी विद्यालयकी प्रिन्सिपल सरस्वती चन्द(भट्ट)ले मण्टेश्वरीको अवधारणा अनुरुप गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

प्रिन्सिपल सरस्वतीका अनुसार अग्रेजी माध्यमबाट हाल पुर्व प्राथमिक कक्षा बाल विकास, नर्सरी, एलकेजी, यूकेजी र कक्षा १सम्म मात्रै पठन पाठन हुनेछ । हालसम्म ७५ विद्यार्थी भर्ना भएका छन । विद्यार्थी ओसार्नका लागि छुट्टै यातायात सुविधा समेत रहेको छ । ‘हामीले अभिभावक, बालालिकाको आवश्यता र औचित्यताका आधारमा कक्षा संचालन गरेका छौँ, ‘प्रिन्सिपल सरस्वतीले भनिन, ‘गुणस्तरिय शिक्षा प्रदान गर्ने हाम्रो मुल उदेश्य छ ।’

 

अहिले ८ शिक्षिका र ४ कर्मचारी रहेका छन । मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालक समितिका अध्यक्ष नरेन्द्र राज जोशीले शिक्षामा शैक्षिक गुणस्तर बृद्धि गर्दैै दक्ष जनशक्ति उत्पादनका लागि मण्टेश्वरी विद्यालय संचालनमा ल्याएको बताए । अध्यक्ष जोशीले आफ्नै जमिनमा निर्माण भएको आधुनिक एसि जडित भवनमा कक्षा संचालन हुनेछ । बालमैत्री अनुरुप कक्षा संचालन गरेर विद्यार्थीलाई भरपुर शिक्षा प्रदान गरिने जनाए । ‘अहिले हामीले यही स्थानमा मण्टेश्वरी कक्षा संचालन गर्नेछौँ, ‘उनले भने, ‘भावि दिनमा माथिल्ला कक्षा संचालन गरे छुट्टै स्थानमा संचालन गछौँ ।’ मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालक प्रेमराज पनेरु(पुष्कर)ले अभिभावकको आवश्यकता अनुरुप विद्यालय संचालन गरेर शैक्षिक गुणस्तर बृद्धि विकासलाई मुख्य केन्द्रीत गरेर विद्यालयमा सचालनमा आएको बताए ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नेपाल पत्रकार महासंघ कञ्चनपुरकी उपाध्यक्ष धर्मा रोकायाले शैक्षिक गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताईन । शनिबार विद्यालयको भीमदत्त नगरका मेयर पदम बोगटीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जिल्लामै विद्यालयलाई नमुना मण्टेश्वरी बनाएर अघि बढ्ने संचालकहरुको सकंल्प रहेको छ ।

 

 

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?