दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी शुरु

कञ्चनपुर, २६ बैशाख ।
पश्चिम नेपाल कञ्चनपुरको दोधाराचाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी शुरु गरिएको छ । दुई सातादेखि दोधाराचाँदनी नगरपालिका १ चाँदनी गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा रुख कटानी शुरु गरिएको हो । सुक्खा बन्दरगाह निर्माण स्थलमा सरचना बनाउनका लागि नेपाल ईन्टरमोडल यातायात विकास समितिले क्षेत्र खाली गराउनका लागि रुख काट्न लागेको जनाएको छ ।
नेपाल ईन्टरमोडल यातायात विकास समितिका सुपरभाईजर्र िक्षतिज सिहले हालसम्म १८० रुख काटिसकेको बताए । ‘अहिलेसम्म काटिएका सबै रुख पिपरैया घाटगद्दीमा राखिएका छन, ‘उनले भने, ‘झण्डै ४० हजार भन्दा बढि क्युफिट काठ संकलन हुनेछ ।’ उक्त सामुदायिक वनकोे ४२ हेक्टर क्षेत्रफलमा रहेका सानाठुला गरेर १ हजार ५सय ९३ रुख काटिनेछन । उक्त क्षेत्रमा रहेको रुख हटाएसंगै सुक्खा बन्दरगाह एकीकृत जाँच चौकीका लागि आवश्यक भौतिक सरचना निर्माण हुनेछन ।
०६४ सालमा तत्तालिन उद्योगवाणिज्य तथा आपूर्तिमन्त्री लेखकराज भट्टको पालनामा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव अघि सारेको थियो । ०६६ सालमा सरकारले दोधाराचाँदनीमा बन्दरगाह बनाउने निर्णय गरेको थियो । शुरुवातमा दोधाराचाँदनी ७ कञ्चनभोजमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह त्यहाँ स्थानीयले विवाद गरेपछि १चाँदनीमा सारिएको थियो ।
रुख काट्नेदेखि घाटगद्दीको जिम्मा पाएको रोशन किरण सःमिल फर्निचर उद्योगका संचालक घनानन्द लेखकले काटेर घाटगद्दीमा राख्न लागेको बताए । ‘हामीले यहाँ जिम्मा पाएको काठ काटेर घाटगद्दीमा पठाईरहेका छौँ, ‘उनले भने, ‘नम्बरिङ्गले ढिलासुस्ती भईरहेको छ, यसमा सम्बन्धीत निकायबाट पहल गर्नुपर्छ ।’ शुक्लाफाँटा राष्ट्रिय कार्यालयका रेञ्जर विक्रम चौधरीले स्रोत साधन बृद्धि गरेर तिव्र गतिमा अघि बढाउनुपर्नेमा जोडदिएका छन । घोषणा गरिएको १८ र निर्णय गरेको १५ बर्षमा फिल्डमै रुख कटानी शुरु भएपछि स्थानीय समेत हर्षित भएका छन । गौरीशंकर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दामोदर भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी शुरु भएसंगै बन्दरगाह निर्माणको काम अघि बढेको बताए । ‘पहिले नेताहरु आउँथे जान्थे, अहिले ठेक्का भएकै काम शुरु भएको छ, ‘उनले भने, ‘अब केही होला जस्तो आशा पलाएको छ ।’ घाटगद्दीमा राखिएको काठ सामुदायिक वनले पाउनुपर्ने उनको माग छ ।
झण्डै १२ अर्ब प्रस्ताव अघि सारेको सुक्खा बन्दरगाह निर्माणका लागि १जुन ०२३मा नेपाल भारतविच सम्झौता भएको थियो । उक्त सम्झौता अनुरुप भारतले नै एकीकृत चेकजाँच चौकी निर्माण हुनेछ । भारतले आफ्नो तर्फ सरचना निर्माण गरिसकेको जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य एव सुदूरपश्चिमका उद्यमी तेज बहादुर चन्दले महाकाली नदीमा चारलेन पुल निर्माण सम्पन्न भएसंगै अब सुक्का बन्दरगाह निर्माणको काममा ढिलाई गर्न नहुने बताए । ‘यो रुख काट्ने काम पनि ढिलाई गर्नु हुँदैन, काममा देखिएका जटितला अपसी समझदारी गरेर टुङगो लगाउँनुपर्छ, ‘उनले भने, ‘समयमै रुख हटाएसंगै माथिल्ला निकायबाट फिल्ड खाली भए स्थलगत अनुगमन हुनेछ, त्यसपछि फिल्डको काम बढाउन सकिन्छ ।’
नेपालको सबैभन्दा छोटो दुरीमा रहेको भारतको दिल्ली सहितका अन्य ठुला औद्यौगिक शहर जान यो नाका निकै सहज हुनेछ, ‘उनले भने, ‘सुक्खा बन्दरगाह निर्माणसंगै प्रदेशको आर्थिक बृद्धि विकासमा कार्यापलट हुनेछ ।’
दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणसंगै उत्तरमा चीन र दक्षिण भारत जोड्नेदेखि त्रिदेशीय नाकाकै रुपमा विकसित गरिनेछ । पुर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल९प्रचण्ड०ले पहिलो स्थान छनौटदेखि दोस्रो स्थानमै पुगेर पश्चिम नेपालको आर्थिक सम्बृद्धिका लागि सुक्खा बन्दरगाह निर्माण अपरिहार्य बनाउँदै आएका छन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पनि केही महिना अघि स्थलगत अनुगमन गर्दै चाँडै संचालनमा आउने बताउँदै आएका थिए । दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले समयमै रुख काटेर कामकाज अघि बढाउनुपर्ने बताए । मेयर लिम्बुले रुख कटानी दौरानमा देखिएका समस्या निराकरण आवश्यक रहेको औल्याए ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?