तिन दिने फारवेष्ट ट्रयाभल मार्ट आयोजना हुने

कञ्चनपुर, २४ वैसाख

भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा तिन दिने फारवेष्ट ट्रयाभल मार्ट कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने भएको छ ।

भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा तिन दिने फारवेष्ट ट्रयाभल मार्ट कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हने भएको हो । बुधवार कमहेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै भीमदत्त नगरपालिका पर्यटन विकास समितीका उपाध्यक्ष राजेन्द्र केसिले सुदूरपश्चिम प्रदेशको पर्यटन सम्भावनालाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्यका साथ यही फागुन २६ देखि २८ गते सम्म होटेल ओपेरामा फारवेष्ट ट्रयाभल मार्ट आयोजना हुन लागेको वताउनु भएको हो । सुदुरपश्चिममा पर्यटकहरु भित्र्याउने मुख्य लक्ष्यका साथ नेपाल तथा भारतका पर्यटन व्यवशायीहरु विच बि टु बि छलफल गर्ने उद्देश्यले तिन दिने फारवेष्ट ट्रयाभल मार्ट आयोजना हुन लायेको समेत उहाले वताउनु भयो । उक्त माटमा भारतबा विभिन्न शहरहरु बाट पचास जना पर्यटन व्यवशायीहरु तथा विज्ञहरुको सहभागिता रहने समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

तिन दिन सम्म सञ्चालन हुने फारवेष्ट ट्रयाभल मार्टमा सुदूरपश्चिमका पर्यटकीय स्थलहरू, सांस्कृतिक सम्पदा, र स्थानीय उत्पादनहरू बारे नेपाल तथा भारतका पर्यटन व्यवशायीहरु विच जानकारी गराउदै शुक्लाफाटा राष्टीय निकुञ्ज भ्रमण , महाकाली तथा कर्णालीका साहसिक जल यात्रा संगै कार्यक्रम समापन हुने हुदा कार्यक्रम पश्चात सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?