बेलडाँडी भैंसी किसान राना मृत भेटिएको १५ दिन बित्दा कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

विमल धामी
बेलडाँडी २४ बैशाख ।
“एक इमानदार श्रमिक, मेहनती भैंसी पालक किसान“ भनेर चिनिने हरिकिशन राना बैशाख ९ गते विहान संकास्पद अवस्थामा मृत फेला परेका थिए । बेलडाँडी गाउँपालिका–३ खैरीघाट कमरी निवासी राना, बेलौरी नगरपालिका–१० स्थित निर्मल आर्यघाट नजिकै मोटरसाइकल सहित जलिरहेको अवस्थामा फेला परेपछि पुरै गाउँ शोकमा डुबेको थियो ।

१५ दिन बितिसक्दा पनि घटनाको यथार्थ बाहिर आउन नसक्नुले परिवार, समुदाय र आम सर्वसाधारणमा चिन्ता र आक्रोश थपिएको छ । प्रारम्भिक अनुसन्धानले देखाएको विवरणअनुसार, रानाको हत्या गरी प्रमाण नष्ट गर्ने नियतले गाडीमा आगो लगाइएको हुनसक्ने आशंका गरिएको छ । घटनास्थलमा भेटिएका प्रमाण र शवको अवस्था हेर्दा हत्या पुष्टि गर्ने संकेत भेटिएको परिवारका सदस्यहरूले बताएका छन् ।

रानाको मृत्युलाई लिएर उनको परिवार र समुदायले सत्यतथ्य छानबिनको माग गर्दै सरकारका विभिन्न तहमा दवाव सिर्जना गर्दै आएका छन् । नेपाल सरकारका गृहमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाईसकेको र चाँडो निष्कर्ष ननिस्किएको खण्डमा कडा कदम चाल्ने चेतावनीसमेत दिईसकेका छन् ।

“महान सपना बोकेर बाँचिरहेका किसानलाई निर्दयी हत्या गरी आगोमा जलाउनु अत्यन्त जघन्य अपराध हो । दोषी जो कोही भए पनि हदैसम्मको कारबाही होस्,“ राना समुदायले आक्रोश पोख्दै भने ।

उनीहरूले हाललाई संयमता अपनाएको स्पष्ट पारेका छन् । “हामी आन्दोलन गर्न सक्दछौं, तर अनुसन्धानमा बाधा नपरोस् भनेर धैर्य गरिरहेका छौं,“ एक परिवारजनले भने, “हाम्रो शान्तता कमजोरी नठानियोस् । यदि सत्यतथ्य छिट्टै बाहिर आएन भने हामी सडकमा ओर्लन बाध्य हुनेछौं ।“

प्रहरी स्रोतका अनुसार, अनुसन्धान सक्रिय र गम्भीर ढंगले अगाडि बढिरहेको छ । प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो ९ऋक्ष्द्य० को विशेष टोलीसमेत खटाइएको छ । घटनास्थलबाट संकलन गरिएका प्रमाण, मृतकको मोबाइल, पैसा, कागजात, सीसीटीभी फुटेज लगायत सबै कोणबाट अनुसन्धान भइरहेको छ ।

“अनुसन्धान सुक्ष्म र बृहत ढंगले भइरहेको छ । केही समय लाग्न सक्छ, तर हामी दोषी पहिचान र कारबाहीमा कुनै ढिलासुस्ती गर्दैनौं,“ प्रहरी स्रोतले भन्यो ।

यसैबीच गृहमन्त्री रमेश लेखकले पनि घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै प्रहरीले निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिएका छन् । “पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकार पूर्ण प्रतिबद्ध छ,“ गृहमन्त्रीले ज्ञापन बुझाउने टोलीलाई भनेका छन् ।

रानाको रहस्यमय मृत्युले स्थानीय बासिन्दालाई शोकमात्र होइन, असुरक्षा र आशंकाले पनि घेरेको छ । अन्य किसान तथा स्थानीयहरूसमेत आफूहरू असुरक्षित महसुस गरिरहेको बताउँछन् ।

समाजका अगुवा व्यक्तिहरूले यो घटना कुनै व्यक्तिगत द्वन्द्व मात्र नभइ, गाउँकै सामाजिक संरचनामा असर पार्ने गम्भीर अपराध भएकाले सत्यतथ्य उजागर गर्न राज्यले ढिलाइ गर्न नहुने बताएका छन् ।

“यस्ता घटनाले राना समुदायमा भय र निराशा फैलाउँछ । हरिकिशन रानालाई न्याय दिनु भनेको सम्पूर्ण श्रमिक र कृषक वर्गको सम्मान गर्नु हो,“ स्थानीय अगुवाले भने ।
१५ दिनपछि पनि जब रानाको मृत्युको यथार्थ अन्धकारमै छ, तब स्थानीय जनतामा न्याय पाउने आशा र राज्यप्रति विश्वासको परीक्षा भइरहेको छ । अनुसन्धान निक्र्योलतिर अघि बढिरहेको प्रहरीको भनाइले केही आश्वस्ति दिलाए पनि, सत्य र न्यायको अपेक्षा अझै पूर्ण भएको छैन ।

अब केही दिनभित्र प्रहरी अनुसन्धानले दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउन सकेन भने, राना परिवार र समुदायको धैर्यता चुक्न सक्छ । र तब यो आन्दोलनको रुप लिन सक्ने संकेतहरू प्रस्ट देखिन थालेका छन् ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?