गड्यौला मल बिक्रिबाट आर्थिक उन्नतिको मार्गमा चन्द

धन सिंह धामी
कञ्चनपुर २४ बैशाख ।
म अहिले कृषि पेशामा निरन्तर संघर्ष गर्दै अघि बढिरहँदा आफुले पाएको उपलब्धिबाट सन्तुष्ट छु । परिवारको जिम्मेवारी थपिए पछि आर्थिक भार समाल्दै बिभिन्न पेशामा आवद्ध हुदै स्वदेश तथा बिदेशमा काम गर्दै गर्दा अन्ततः नेपाल मै केहि गर्छु भनि काम गर्न सुरुवात गरेको हुँ र अहिले आफुले रोजेको कामबाट सफलता मिल्दै गर्दा खुसी भएको एक कर्मठ युवाले आफ्नो संघर्षको कथा सुनाए ।
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं ०६ भगवति टोल निवासी सुरेन्द्र चन्दले घरमै परिवारको सहकार्यमा गड्यौला मल उत्पादनबाट राम्रो आम्दानीको स्रोत जुटाउन सफल भएको बताएका छन् ।
केहि बर्ष अघि रोजगारीको सिलसिलामा भारत पसेर होटल व्यवसाय गर्दै आएका चन्दले आफ्नै देशमा केहि गर्छु भनि नेपाल फर्केर आएपछि आर्थिक उन्नतिको मार्ग चहार्दै कृषि क्षेत्रमा लागेको बताए । सुरुवाति चरणमा कृषि ज्ञानकेन्द्रबाट ७÷८ सय बिरुवा केरा लगाई हुर्काउदै गर्दा केहि महिना पछि ति सबैमा रोग लागेर कुहिएर गएपछि केहि समय आफ्नो पेशाबाट निरास भए पनि संघर्ष गर्न नछाडेको चन्दले बताउदै गड्यौला मल उत्पादनबाट राम्रो आम्दानीको स्रोत जुटाउन सकिने सम्भावना हुन सक्ने देखे पछि यस व्यवसायमा लागेको बताए ।
छिमेकि राष्ट्र भारतबाट चन्दले ५० केजि गड्यौला रु १६०÷– को दरले ल्याएका थिए भने खासै राम्रो गड्यौला नपाए पछि बुटवलबाट दुई केजी रु तीन हजार रुपैयामा खरीद गरेर ल्याएको थियो भने नेपालबाट ल्याएको गड्यौला राम्रो रहेको उनले बताए । सुरुवाती एक बर्षमा चन्दले गड्यौला उत्पादनलाई प्राथमिकता दिएको र गड्यौला मल उत्पादन गरेपछि नेपालको जुन ठाउँबाट गड्यौला ल्याएका थिए त्यहि ठाउँमा दुई सय क्विन्टल गड्यौला मल बिक्रि गर्न सफल भएपछि आफ्नो कार्य प्रगति भएको चन्दले सुनाए ।
अहिले सम्म चन्दले १३ सय केजि गड्यौला बिक्रि गरी सकेको बताएका छन भने गड्यौला केजिको एक हजार देखि दुई हजार पाँच सय सम्म बिक्रि गर्ने गरेको चन्दले बताए । विगत ३ बर्षको बिचमा गड्यौला मल बिक्रिबाट १५ देखि १७ लाख सम्म मुनाफा कमाउन सफल भएको र आफु संग तीन सय क्विन्टल स्टक रहेको चन्दले बताएका छन ।
पछिल्लो बर्ष ५० देखि ६० क्विटल गड्यौला मल अविरल बर्षाको भेलमा बगेर गएपछि अलि मनोवल कम भएपनि आफ्नो काम प्रतिको संघर्षलाई बलियो बनाउदै लैजाने क्रममा अहिले आएर गड्यौला र मल बिक्रि वितरण राम्रो हुदै गएपछि काम प्रति सन्तोष भएको बताएका छन । गड्यौला मललाई किसानहरुले धानको बेर्ना, तरकारी,च्याँउ, फलफुल खेति ईत्यादिमा प्रयोग गर्ने गरेको र अहिले कञ्चनपुर भन्दा बाहिर पनि निर्यात गर्ने गरेको चन्दले बताए ।
भीमदत्त नगरपालिका वडा नं.०७ वडाको सहकार्यमा ३० जनालाई तालिम दिएको र जसमध्ये दुई जनाले गड्यौला मल बनाउने काम सुरु गरी सकेको चन्दले बताए भने स्थानिय सरकारले आफु जस्ता कृषकहरुलाई प्रोत्साहन गर्नुको साथै अवसर प्रदान गर्नु पर्ने तर अहिले सम्म कुनै क्षेत्रबाट यस्तो पहल हुन नसकेको गुनासो पोखेका थिए ।
टिकापुरको भजनी गाउँपालिका वडामा उत्तम ढकाल संग युएस प्रोजेक्ट किसान सहयोगमा पनि काम गरेको र कृष्णपुरमा बिर बहादुर शाहसंग मिलेर गड्यौला मल बनाई रहेको चन्दले बताए ।
यस्तै बेदकोट नगरपालिका–०७ गाउँजी मा गोविन्दराज पन्त र रविन भट्ट लगायतका व्यक्तिहरुले गड्यौला मल उत्पादन गर्न सुरु गरेका थिए । करिव १ लाख मुल्यको गड्यौला सुरेन्द्र चन्दको फर्मबाट लिएर ४ लाखको विविध खर्चको लगानीमा मल उत्पादन सुरु गरेको अहिले ३ क्विन्टल सम्मको स्टोक मल गोदाममा रहेको गोविन्दराज पन्तले बताएका छन । फाटफुट सानो मात्रामा मल बिक्रि भए पनि उत्पादन बढि गोदाममा रहेको कारणले अहिले मल उत्पादन बन्द रहेको छ । बाहिर बिक्रि बितरण गर्नको लागि गुणस्तर चिन्ह प्राप्त गर्नु पर्ने झन्झट् एकातिर रहेको छ भने स्थानिय सरकारले पनि यस तर्फ कुनै चासो नदेखाएको गोविन्दराज पन्तको गुनासो रहेको छ ।
विगत २०७९ असोज देखि गड्यौला मल उत्पादनमा लागेका उनीहरुले गड्यौला दिने सुरेन्द्र चन्दलाई नगद ६० हजार र बाकिको मल दिएर पनि अझै धेरै मल स्टकमा रहेको कारणले आफ्नो मल उत्पादन गर्ने लक्ष्य धरापमा परेर बन्द राख्नु पर्ने अवस्था आएको बताएका छन । स्वदेशमै केहि गर्नु भन्ने युवाशक्तिलाई स्थानिय देखि तिनै तहका सरकारले उनीहरुको मेहनतको कदर गर्दै यस बिषयमा बिशेष ध्यानदिनु पर्ने स्थानियहरुको भनाई रहेको थियो भने अहिले आफ्नो बारीमा रसायनिक मल भन्दा गड्यौला मलको प्रयोग गर्दै आईरहेको बताउदै चन्दले गरेको कामको प्रशंशा गर्दै स्थानिय बासीले धन्यवाद पनि दिई रहेका छन ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?