अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको संयोजकमा भट्ट

कञ्चनपुर २३ बैशाख ।
अनलाईन टिभी पत्रकार संघ कञ्चनपुर जिल्ला समिति गठन गरिएको छ । मंगलवार अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीको उपश्थितीमा भेला बसेको थियो । उक्त भेलाले अहिले जिल्ला संयोजक, सहसंयोजक र प्रदेश प्रतिनिधीको चयन गरेको छ । जिल्ला संयोजकमा सुदूरपश्चिम खबरका कार्यकारी प्रबन्धक प्रकाश भट्ट र सह–संयोजकमा कारोबार दैनिककी जिल्ला सम्वादाता ईशु नेगीलाई चयन गरिएको छ ।
यसैगरी, प्रदेश प्रतिनिधीमा न्युज सेभेन टिभीका जिल्ला सम्वादाता सन्तोष धानुक र फारवेस्ट पोष्टका संचालक कल्पना सावदलाई चयन गरिएको छ ।अहिलेको भेलाले माथी उल्लेखित सदस्यहरुलाई चयन गरेको र लगत्तै जिल्ला समिति गठन गरी अन्य संचारकर्मी साथीहरुलाई पनि समेटेर अगाढी बढने संयोजक जोशीले बताए ।
अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीले यही बैशाख भित्रै प्रदेशको अधिबेशन हुने भएकाले जिल्लामा समिति पनि छिट्टै गठन हुने बताउनु भयो । साथै अनलाईन टिभीमा आवद्धता जनाउनु हुने सबैले सक्रियताको साथमा जिल्लामा काम गर्न आग्रह गरेका छन । अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको संयोजकमा चयन भएका पत्रकार प्रकास भट्टले अनलाईन टिभी पत्रकारको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?