कृष्णपुर २ का वडाध्यक्ष साउदले गरे छोरीलाई सरकारी स्कुलमा भर्ना

कञ्चनपु्र, २३ बैशाख ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका एक वडाध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेका छन । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका हुन ।
बोडिङ्ग स्कुलबाट छुटाएर अध्यक्ष साउदले उदय माध्यामिक विद्यालयमा भर्ना गराएका छन । वडाध्यक्ष साउदले छोरी आरोही साउदलाई कक्षा ३मा भर्ना गराएका हुन । स्थानीय कृष्णपुर सरकारले सामुदायिक विद्यालय बनाउँने अभियान बोकेर जनप्रतिनिधीका सन्तान अनिवार्य सामुदायिक विद्यालय भर्ना गराउने निर्णय अनुरुप वडाध्यक्ष साउदले छोरी सामुदायिक विद्यालय भर्ना गराएका हुन ।
वडाध्यक्ष साउदले सोही विद्यालयमा माध्यामिक शिक्षा अध्ययन गरेका थिए, त्यसपछि विद्यालयको सदस्य र अध्यक्षको जिम्मेबारी निर्वाह गरेसंगै हाल उक्त विद्यालय वडाको प्रतिनिधी अभिभावक समेत रहेको छ ।
कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले आफैले गरेको निर्णय आफैबाट पालनाका लागि छोरीलाई सामुदायिक विद्यालय आफैले अध्ययन गरेको विद्यालयमा भर्ना गरेको बताए । कृष्णपुर नगरपालिकाले चालु शैक्षिक सत्र ०८२देखि जनप्रतिनिधी सहित, शिक्षक कर्मचारीका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने र निजी विद्यालयका संचालक, शिक्षक, कर्मचारीलाई सरकारी विद्यालयमा प्रशासकीय, व्यवस्थापन जिम्मेबार नरहने निर्णय गरेकोे थियो ।
कृष्णपुर नगरपालिकाको उक्त निर्णयसंगै जनप्रतिनिधी, कर्मचारी, शिक्षक आफ्ना सन्तान सरकारी विद्यालयमा भर्ना गराईरहेका छन । कृष्णपुरका मेयर हेमराज ओझाले सामुदायिक विद्यालय सुधारर्दै शैक्षिक गुणस्तरबृद्धिका लागि उक्त निर्णय गरेर कडाईपुर्वक जाने बताएका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?